धादिङको थप तीन स्थानीय तहमा भुकम्प पीडित लाभग्राही थपिए

3321 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ –  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनः जाँच सर्वेक्षण गर्दा धादिङ लगायत आठ जिल्लामा भूकम्प पीडित लाभग्राहीको सङ्ख्या बढेको छ । प्राधिकरणले धादिङ, काभ्रे, मकवानपुर,ललितपुर, नुवाकोट,सिन्धुपाल्चोक ओखलढुंगा र सिन्धुली जिल्लाको  जिल्लाको १ ७ वटा स्थानीय तहको छुट तथा पुनः जाँच सर्वेक्षण गर्दा आठ जिल्लामा  पाँच हजार दुई सय ६५ घरधुरी लाभग्राहीमा थपिएका छन भने ति मध्ये दुई हजार पाँच सय ५७ जना जना प्रवलीकरणका लागि लाभग्राहीमा समावेश भएको प्राधिकरणले जनाएको छ ।

धादिङको थप तीन वटा स्थानीय तहमध्ये गल्छीमा पुर्ननिर्माण लाभग्राही पाँच सय २२, सम्भाव्य लाभग्राही २१, जम्मा पुर्ननिर्माण लाभग्राही पाँच सय ४३, प्रवलिकरण लाभग्राही एक सय ८२ र दुई सय ३५ जना गैह्र पुर्ननिर्माण लाभग्राहीमा परेका छन । गजुरीमा गल्छीमा पुर्ननिर्माण लाभग्राही एक सय ९५, सम्भाव्य लाभग्राही २०, जम्मा पुर्ननिर्माण लाभग्राही दुई सय १५, प्रवलिकरण लाभग्राही दुई सय ४० र एक सय २३ जना  गैह्र पुर्ननिर्माण लाभग्राहीमा परेका छन । यसै गरी खनियाबासमा गल्छीमा पुर्ननिर्माण लाभग्राही ९२, सम्भाव्य लाभग्राही ६०, जम्मा पुर्ननिर्माण लाभग्राही एक सय ५२, प्रवलिकरण लाभग्राही ११ र १९ जना गैह्र पुर्ननिर्माण लाभग्राहीमा परेका छन ।
प्राधिकरणको निर्णय अनुसार धादिङको गल्छी,गजुरी र खनियाबास,काभ्रेपलाञ्चोकको भुम्लु र चौरी देउराली गाउँपालिका र पाँचखाल नगरपालिका,ललितपुरको महालक्ष्मी नगरपालिका,मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, नुवाकोटको किस्पाङ,पञ्चकन्या,शिवपुरी,सूर्यगढी र तादी गाउँपालिका,ओखलढुंगाको मानेभन्ज्याङ,रामेछापको रामेछाप नगरपालिका,सिन्धुलीको फिक्कल गाउँपालिका र सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पुन सर्वेक्षण नतिजा सार्वजनिक गरिएको हो ।
विभिन्न जिल्लाबाट ठूलो संख्यामा गुनासो दर्ता गरिएको र पहिले सर्वेक्षण भएको वा नभएको यकिन गरी थप प्रमाणीकरण गर्नु परेकाले लाभग्राहीको छनोटमा केही ढिलाई भएको प्राधिकरणले स्पष्ट पारेको छ ।
यसरी कायम भएका लाभग्राहीले स्थानीय तहको सिफारिशमा अनुदान सम्झौता गरेपछि तोकिएको प्रक्रिया पूरा गरी पुनर्निर्माण अनुदान पाउनेछन् । लाभग्राहीले पुननिर्माणका लागि तीन लाख र प्रवलीकरण लाभग्राहीले एक लाख रुपैयाँ अनुदान प्राप्त गर्नेछन् ।
विगतमा विभिन्न कारणले लाभग्राही सुची पर्न नसकेका वास्तविक भूकम्प पीडितलाई लक्षित गरी प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा छुट तथा पुनः जाँच सर्वेक्षण कार्यक्रम सञ्चालन गरेको थियो ।
कार्यक्रम अन्र्तगत गत भदौदेखि मङसिरसम्म प्राधिकरणले ३३२ जना इन्जिनियर परिचालन गरी छुट तथा पुनजाँच सर्वेक्षण कार्यक्रममार्फत करिब एकलाख ३० हजार घरधुरीको तथ्याङ्क सङकलन गरेको थियो ।

थप जान्नका लागि यहाँ क्लिक गर्नुहोस ।