प्रदेश सरकारको उपेक्षामा गजुरी गाँउपालिका

1458 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १९ असार – संघीय नेपालको प्रदेश नं. ३ को सरकारले पहिलो पटक ल्याएको पूर्ण बजेटमा धादिङ जिल्लाको गजुरी गाँउपालिका उपेक्षामा परेको छ । धादिङ जिल्लाका १३ पालिकामा ८४ वटा योजनाका लागि ४४ करोड १५ लाख ५० हजार बजेट हालिएको छ । गजुरी गाँउपालिकाको लागि दुई वटा योजनामा ७० लाख मात्र बजेट विनियोजन भएकापछि गजुरी गाँउ पालिकालाई उपेक्षा गरको सरोकारवालाहरुले बताए ।
प्रदेश सभामा मुख्य मन्त्री, अर्थ मन्त्री र मन्त्रीहरुको निर्वाचन क्षेत्रमा बढी बजेट राखेको भनेर प्रदेश सभामा आलोचना भइरहदाँ यता भने आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकटेलको मतदाता नामावली समेत रहेको गजुरी गाँउपालिकामा दुई वटा योजना परेपछि आलोचना भएको छ । धादिङ निर्वाचन क्षेत्र नं. १ अन्तरगत प्रदेश सभा २ गजुरी, सिद्धलेक र बेनीघाट राराङ गाँउपालिका पर्छ । मन्त्री जमरकटेल यहि निर्वाचन क्षेत्रबाट निर्वाचित भएका हुन । यूवा व्यावसायी एवं स्थानीय विनोद भण्डारी प्रदेश सभाबाट पारित भौतिक पूर्वाधारको योजना तथा बजेट फेसवूक पेजमा पोस्ट गर्दै लेख्छन् सवै गाँउपालिकामा भन्दा कम रहेछ, के कारणले यस्तो भयो ? भण्डारीको पोष्टमा प्रतिक्रिया दिदै विदेशबाट रामकुमार अधिकारी लेख्छन् यसको लागि घारे विरोध गर्नु पर्छ । प्रतिक्रियामा जयराम लामिछाने लेख्छन गजुरी गापाको जनताको अपमान ।
गजुरी गाँउपालिकामा परेको दुई वटा योजनाहरु गजुरी –भदौरे–राक्सिङ सडक ३० लाख र आदमघाट–थुम्कीडाँडा सडक ४० लाख रहेको छ । यसैगरी सिद्धलेक गाँउपालिकाको ५ वटा योजनाको लागि १ करोड सत्तरी लाख र बेनीघाट राराङ गाँउपालिकामा बृहत कृषि तालिम केन्द्र ३ करोड सहित अन्य चार वटा योजनाका लागि ४ करोड ३९ लाख बजेट विनियोजन भएको छ । यसैगरी भौतिक पूर्वाधारका हिसावले पछाडि रहेको हिमाली क्षेत्रमा पर्ने रुवीभ्याली गाँउपालिकामा चार वटा योजनका लागि २ करोड २४ लाख, खनियावास गाँउपालिकाकामा दुई वटा योजनाको लागि १ करोड १० लाख र नेत्रावती गाँउपालिकामा लागि बजेट विनियोजन भएको छ । यसैगरी थाक्रे गाँउपालिकामा छ वटा योजनाको लागि तीन करोड ६७ लाख, त्रिपुरासुन्दरी गाँउापलिकामा सल्यानटार एकिकृत वस्ती विकासको लागि ३ करोड सहित अन्य सात योजनाका लागि ५ करोड ५३ लाख ५० हजार , ज्यालामुखी गाँउपालिकामा आठ वटा योजनाको लागि ३ करोड ४० लाख वजेट निवियोजन गरिएकोे छ । यसैगरी गंगामजुना गाँउपालिकामा ४ वटा योजनाका लागि १ करोड ५० लाख, गल्छी गाँउपालिकामा फोस्रेटार–परेवाटार सडक कालोपत्रे गर्न २ करोड सहित अन्य छ वटा योजनाका लागि २ करोड १४ लाख, धुनीवेशी नगरपालिकामा टायलघर–जीवनपुर–धुनीवेशी सडक आयोजनालाई ४ करोड सहित अन्य ९ वटा योजनाका लागि छ करोड ९६ लाख र नीलकण्ठ नगरपालिकामा विभिन्न १९ वटा योजनका लागि आठ करोड ९ लाख वजेट आर्थिक वर्ष २०७५÷०७६ का लागि प्रदेश नं. ३ को सरकारले निजियोजन गरिको छ । विनियोजन गरिएको बजेट आठ वटा खानोपनी योजना, सात वटा नदी तथा पहिरो नियान्त्रण, तीन वटा भवन निमार्ण, पर्यटकीय माग, पार्क तथा भ्युटावर चार वटा, खेल मैदान तीन वटा, सडक निमार्ण, स्तरउन्नती, कालोपत्रे ४९ वटा योजना गर्न प्रदेश सरकारले धादिङका लागि बजेट स्वीकृत गरेको छ ।