धादिङका तीन ठाउँमा थपियो एनआइसी एशिया बैकंको शाखा

1913 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । पछिल्लो समय धादिङ जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने पृथ्वीराजमार्ग र त्रिभुवन राजपथ छेउका मुख्य वजार क्षेत्र र जिल्ला सदरमुकाममा नयाँ बैकंको शाखा स्थापना हुनेक्रम निकै बढेको छ । यसै क्रममा एनआइसी एशिया बैंक लिमीटेडले  धादिङका तीन स्थानमा शाखा बिस्तार गरेको हो ।

धादिङ जिल्ला धुनिबेशी न.पा. वडा नं.७, स्थित खानीखोला र धुनिबेशी न.पा. वडा नं. ६, धार्केमा धार्के शाखाको धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले र थाक्रे गाउँपालिकावडा नं.६, महादेवबेशीस्थित महादेवबेशी शाखाको सो गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले साउन ३० गते बुधबार  एक समारोहका बीच उद्घाटन गरेका हुन् ।

योसहित बैंकको देशभरका शाखा कार्यालयको संख्या २३७ पुगेको छ भने २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखा रहित बैंकिङ्ग ईकाई बिस्तार भएका छन् । यो बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बनेको छ । एनआईसि एसियाले धादिङको वेनिघाट,गजुरी, गल्छी,थांक्रे गाउँपालिकाको साथै , धुनिवेसी र नीलकण्ठ नगरपालिकामा शाखा संचालनमा ल्याई बैकिङ सेवा दिंदै आईरहेको छ ।