पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग सुचारु
1347 पटक पढिएको
गल्छी: निरन्तरको वर्षा पछि आएको पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग संचालनमा आएक छ । धादिङको गल्छीमा गएको पहिरो ६ घण्टाको प्रयासपछि हटाइएसँगै साँझ ६ बजेदेखि राजमार्ग सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
धादिङको गल्छी गाउँपालिका –७ को उकालो मोडमा पहिरो झरेपछि यातायात ठप्प भएको थियो । पहिरोका कारण सो रूट भएर चल्ने सवारी साधनहरूको आवागमन दिनभर पूर्ण रूपमा प्रभावीत भएका थिए ।शुक्रवार पनि सोही स्थानमा पहिरो खसेका कारण राजमार्ग दिनभर जस्तै अबरुद्ध हुन पुगेको थियो ।