धादिङ र नुवाकोटको सिमानामा अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना-थप विवरण अाउन बाँकी

471 पटक पढिएको

प्रकाशित मिति: २०७५, २३ भाद्र शनिबार ११:४३

सम्पादक: धादिङ न्यूज

 

 

धादिङ २३ भदौ, । गोरखाको सामागाउँबाट शनिबार बिहान ५ जना नेपाली र एक जापानी नागरिकसहित ६ जना यात्रु बोकेर  काठमाण्र्डौका लागि उडेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर  दुर्घटनामा परेको छ ।

 गोर्खाको सामा गाँउबाट विरामी लिएर काठमाण्डौतर्फ उडेको अल्टिच्युड एअरको हेलिकप्टर नुवाकोटको मेघाङ्ग गाँउपालीका–१ बर्सुन्चेत नजीकै मैलुमब्रा भन्ने डाँडामा दुर्घटनामा परेको खवर छ । धादिङ र नुवाकोटको सिमानामा पर्ने सो क्षेत्रमा दुबै जिल्लाबाट प्रहरी घटना स्थलमा जाँदै गरैको जनाईएको छ ।

स्थानीयले हेलिकोप्टर दुर्घटना भएको भनेर खबर गरेको प्रहरी स्रोतले बतायो । तर प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले हेलिकोप्टरमा कति जना सवार थिए र कस्तो अवस्थामा फेला परेको हो भन्ने विस्तृत विवरण नआएको बताए । उनले  भने, ‘हेलिकोप्टर भेटियो भन्ने जानकारीमा आउनासाथ प्रहरी टोली मुभ भइसकेको छ । फोर्स ल्याण्डिङ हो कि दुर्घटना हो भन्ने खुलेको छैन ।’ प्रहरी घटनास्थलमा पुगेपछि मात्रै विस्तृत जानकारी आउने प्रजिअ पाण्डेयको भनाइ छ ।

गोर्खाको सानागाउँमा पर्यटक छाडेर, त्यहाँबाट बिरामी लिएर हेलिकोप्टर काठमाडौं फर्किँदै गर्दा सम्पर्कविहीन भएको थियो । गोर्खाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार करिब २५ माइल उडेपछि हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।गोर्खाको चुमनुब्री गाउँपालिकाको सानागाउँ मनास्लु क्षेत्रमा पर्दछ ।

काठमाडौं विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार, यो हेलिकप्टर ८ बजेर १८ मिनेटमा काठमाडौं आइपुग्नुपर्ने समय थियो।स्थानीय बासिन्दामार्फत नुवाकोट र धादिङको सिमाना मोघाङ गाउँपालिका १ र २ को बीचमा पर्ने बसन्ते जंगलमा देखिएको सूचनाका आधारमा धादिङको दार्खा प्रहरी चौकी र नुवाकोटबाट प्रहरी टोली खटाएको एसपी डम्बरबहादुर विकले बताए।

काठमाडौं विमानस्थलका प्रवक्ता प्रताप बाबु तिवारीकाअनुसार उद्धारकालागि गएकोअल्टिच्युडको हेलिकप्टर मौशमको खराबीका कारण घटनास्थलमा अवतरण गर्न नसकेर फर्किएको छ। घटनास्थल नजिकैको चौकीबाट प्रहरी परिचालन गरिएको छ। तर उनीहरु घटनास्थल पुगिसकेका छैनन्। तिवारीका अनुसार, स्थानीय प्रहरी चौकीदेखि घटनास्थल २ घण्टाकाे दुरीमा रहेको अनुमान छ। काठमाडौंबाट सेनाको हेलिकप्टर पठाउने तयारी भइरहेको छ।

खोजी तथा उद्धारकालागि काठमाडौंबाट बिहान गएको अल्टीच्यूटको हेलिकप्टर खराब मौसमका कारण त्यहा बस्न नसकेर काठमाडौं आइर फेरि फर्केर दोस्रोपटक गएको प्रवक्ता तिवारीले बताए। मेघाम गाउँपालिका–४ अध्यक्ष कमलबहादुर तमाङका अनुसार बिहान ८ बजेतिर ज‌ंगलमा केही पड्किएको ठूलाे आवाज आएको गाँउलेले सुने पनि कुहिरो लागेका कारण केही देख्न सकिएको छैन।गाँउलेहरु खाेजीमा गइरहेकाे उनले बताए।

थप विवरण अाउन बाँकी छ



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७५, २३ भाद्र शनिबार ११:४३ मा प्रकाशित