नमस्तेको १२ औ साधारणसभा कपुरगाउँमा , हेलिकप्टर चढेर  पुगे अतिथिहरु कार्यक्रममा

1124 पटक पढिएको

प्रकाशित मिति: २०७५, २० आश्विन शनिबार ११:२१

सम्पादक: धादिङ न्यूज

 

धादिङ, २० असोज – नमस्ते ग्रामीण बिकास समाज को १२औ साधारणसभा र सामाजिक लेखापरीक्षण कार्यक्रम शुक्रबार रुबिभ्याली गाउँपालिका वडा ५ , कपुरगाउँमा सम्पन्न भयो। 
कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रदेश सभा सदस्य जगत सिखडाले उत्तरी धादिङ र लापा क्षेत्रको लागि सडक, खानेपानी बिद्ध्यालय, स्वास्थ ,सञ्चार र पर्यटन बिकास को लागी प्रदेश सरकार लागि परेको र प्रयाप्त बजेट बिनियोजन गरेको बताउनुभयो।
स्थानीय जनसमुदाय को तर्फबाट यस क्षेत्रमा सुरक्षाको प्रत्याभूतिको लागि पहिलो पटक गाउँ आइपुगेका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे समक्ष शान्ति सुरक्षा माग गरियको थियो।
प्र.जि.अ पाण्डेले प्रहरिको युनिटहरु राखेर गाउँबासिलाइ सुरक्षा प्रदान गर्न लागि प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रहरी उपरीक्षक डम्बर बहादुर बि. क , सामाजिक अभियन्ता दिनेश तामाङ , वडा अध्यक्ष धिराज तामाङ लगायत ले शुभकामना व्यक्त गर्नुभयो । हाल सस्थाले ७ वटा भुकम्प प्रतिरोधी बिद्ध्यालय , ४ वटा बिद्ध्यालयमा पक्की शौचालय ,३ वटा खानेपानी योजना, २ सय २७ घरधुरी शौचालय निर्माण सहयोग, उन्नत जातको बाख्रा बोका १ सय ३४ ब्यक्ति लाई सहयोग, कृषी तथा पर्यटन बिकास , महिला तथा बालबालिका को लागि कार्यक्रम हरु सन्चालन गरेको छ।
     कार्यक्रमको उदघाटनका लागि  अतिथिहरु प्रदेश सभा सदस्य जगत सिम्खडा,धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे,प्रहरी नायव उपरिक्षक डम्बरवहादुर विक र सामाजिक अभियन्ता दिनेश तामाङ सदरमुकाम धादिङबेसीबाट  हेलिकप्टर चढेर  पुगेका थिए । 



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७५, २० आश्विन शनिबार ११:२१ मा प्रकाशित