स्वास्थ्य बिषयका पत्रकारहरु सम्मानित
775 पटक पढिएको

काठमाडौँ, २३ असोज । पत्रकारिताका माध्यमबाट मानसिक स्वास्थ्य एवं मनोविज्ञान क्षेत्रको सम्वर्धन, प्रवर्धन र विकासमा योगदान पुर्याएको भन्दै विभिन्न संचार गृहका स्वास्थ्य पत्रकारहरु सम्मानित भएका छन् ।
सम्मानित हुनेहरुमा एभिन्यूज टेलिभिजनका पत्रकार राजिब खत्री, गोरखापत्र दैनिकका सरोज ढुंगेल, हाम्रो डक्टर डटकम, स्वास्थ्य व्यवसायी दिवाकर गौतम र रेडियो अन्नपूर्ण नेपाल रहेका छन् ।
विश्व मानसिक स्वास्थ्य दिवस २०१८ को अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपालद्धारा संयुक्त रुपमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।
बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव र प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेलले सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए ।
सो अवसरमा मानसिक स्वास्थ्य क्षेत्रमा योगदान गर्ने अरु विभिन्न विधाका व्यक्ति तथा संस्थाहरु सम्मानित भएका छन् ।
सम्मानित हुने अन्यमा आट थेरापिष्ट सपना शाह, नेपाल एकेडेमी अफ साइकोलोजीकी भगवती भट्टराई, मनोचिकित्सक एवं सहायक प्राध्यापक डा देवब्रत जोशी, बरिष्ठ मनोरोग विशेषज्ञ प्राडा देशराजबहादुर कुँवर, समाजसेवी दोर्जे डोल्मा गुरुङ, अर्किट केयर होमकी यमुना कटुवाल रहेका छन् ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७५, २३ आश्विन मंगलवार २०:०५ मा प्रकाशित