नेकपा जिल्ला तहको विवाद मिलाउन नयाँ विधि र मापदण्ड बनाइने

842 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विहिबारको सचिवालय बैठकले दुई सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा महासचिव विष्णु पौडेल र सचिवालयका सदस्य रामबहादुर थापा रहेका छन् ।

दुई सदस्यीय कार्यदलले नेकपाको प्रदेश कमिटीको पुर्णता साथै केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्ने छ । कार्यदलले प्रदेश कमिटीमा रहने सदस्यको टुङ्गो लगाए पछि सचिवालयको अर्को बैठकमा पेश गर्ने छ ।

सचिवालयका एक सदस्यका अनुसार बैठकले तल्ला तहका कमिटीलाई पुर्णता दिने गरी कार्यदल गठन गरेको बताए । ‘दुई सदस्यीय कार्यदल गठन भएको छ । त्यो कार्यदलले प्रदेश कमिटीमा रहने सदस्यहरुको टुंगो लगाउँछ । त्यसपछि अर्को सचिवालय बैठकले अन्तिम रुप दिने छ ।’ ती नेताले भने, ‘त्यहि कार्यदललाई केन्द्रीय सदस्यहरुको कार्यविभिाजन गर्ने जिम्मा पनि दिइएको छ ।’