सिद्धलेक पात्लेमा अाधारशिला तालिम सम्पन्न

1099 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सिद्धलेक-भाेकालाई एकछाक भोजन हाेइन जीवन जिउने पनि जुक्ति सिकाउँ भन्ने नारा सहित सिद्धलेक सानाकिसान सवलिकरण परियाेजना अन्तरगतकाे तालीम कात्तिक १७ गते शनिवार सम्पन्न भएकाे छ ।

सिद्धलेक गाउँपालिका वडा नं २ को पात्लेमा अायाेजना गरिएकाे अाधारशिला तालिम शनिबार सकिएकाे हाे । बुधबारबाट ४ दिनसम्म सञ्चालन भएकाे तालिम वडा अध्यक्ष कमल बहादुर गुरूङले शनिबार समापन गर्नुभयाे । तालिम समापन अवसरमा बाेल्दै अध्यक्ष गुरूङले महिलाहरु सम्पन्न भएमात्र घर परिवार र समाज सम्पन्न हुने धारणा राख्नुभयाे । सिद्धलेक गाउँपालिका, हेफर इन्टरनेशनलसंग साझेदारी गरेर कार्यक्रम सञ्चालन गरेकाेले गाउँपालिकाकै कार्यक्रम भएकाे बताउनु भयाे । त्यसैगरी कार्यक्रम सञ्चालन गर्ने संस्था प्रयास नेपालका कार्यकारी निर्देशक दामाेदर अर्यालले हेफर ईन्टनेशनल नेपालकाे साझेदारीमा सामाजिक सत्भाव,महिला शसक्तिकरण र अायअार्जन वृद्धि गर्दै समृद्ध समाज निर्माण गर्न सञ्चालन गरिएकाे धारणा राख्नुभयाे ।

तालिम समापन कार्यक्रममा प्रयास नेपालका कार्यकारी निर्देशकले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न सहभागिहरुसंग अाग्रह गर्नुभयाे । ४ दिनसम्म सञ्चालन भएकाे तालिममा नेता नेतृत्व ,स्वनेतृत्व ,सकारात्मक सोच ,यसका फाइदा,हाम्रो अास्था,विश्वास र मुल्यमान्यता तथा हेफरका १२ अाेटा अाधारशीला र साना पशुपालनको माध्यमबाट अायअार्जन वृद्धिका विषयमा छलफल भएकाे प्रयास नेपालका पशु स्वास्थ्य प्राविधिक संयोजक इश्वरी काेइरालाले जानकारी दिनुभयाे । तालिम हरेक मानिसको दैनिकी अाईरहने सबालहरु केन्द्रीय भएको अाफुलाई निक्कै परिवर्तन गराएकाे र सचेतना अभिवृद्ध भएकाे सहभागिहरुले बताएका छन् । तालिमले प्रत्येक व्यक्तिले उत्तरदायित्व पूरा गर्न सकेमा दिगो र सहज तथा कार्यक्रम प्रभावकारी हुने रहेछ नयाँदेबि स्वबलम्मी महिला समुहकी अध्यक्ष सपना कुँबरले बताउनु भयो । संस्थाले सिद्धलेक गाउँपालिकामा ४३ वटा समूह मार्फत कार्यक्रम संचालन गर्दै अाएको प्राविधिक संयोजक कोईरालाले बताउनु भयो ।