धादिङ जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा महेन्द्र धमला नियुक्त

2365 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ । धादिङ जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा महेन्द्र धमला नियुक्त हुनुभएको छ ।  अस्पतालको सुधार तथा विकासका लागि प्रदेश सरकारले अस्पताल व्यवस्थापन तथा सञ्चालन समिति गठन आदेश २०७५ जारी गरेको थियो। गत कात्तिक ३० को मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समिति गठन आदेश स्वीकृत गरेको थियो । यही गठन आदेशका आधारमा प्रदेश नं ३ सरकारले प्रदेश मातहतका धादिङ लगायत नौ जिल्ला अस्पतालमा अध्यक्ष नियुक्ति गरेको हो  ।

 अध्यक्षको कार्यकाल ४ वर्षको रहने छ। गठन आदेश अनुसार यस्तो समिति ७ सदस्यीय हुने छ। समितिमा मेडिकल सुपरिटेण्डेट सदस्यसचिव हुने व्यवस्था छ।

सामाजिक विकास मन्त्रालयका अनुसार धादिङ जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा महेन्द्र धमला,मकवानपुरको हेटौँडा अस्पतालमा  डेगराज (प्रकाश) पौडेल, चितवनको भरतपुर अस्पतालमा खिमलाल भण्डारी,  नुवाकोटको त्रिशूली अस्पतालमा अर्जुनप्रसाद न्यौपाने, रसुवा अस्पतालमा रामशरण कुँइकेल नियुक्त हुनुभएको छ ।

त्यस्तै, भक्तपुर अस्पतालमा मिलन सुवाल, सिन्धुली अस्पतालमा प्रल्हाद पोखरेल, सिन्धुपाल्चोकको चौतारा अस्पतालमा ईश्वरीप्रसाद श्रेष्ठ र रामेछाप अस्पतालमा रोशन पाख्रिन नियुक्त हुनुभएको छ ।

 काठमाडौँ ललितपुर, काभ्रे र दोलखा अस्पताल प्रदेशमा हस्तान्तरण नभइसकेको वताईएको छ ।