नेशनल माइक्रोफाइनान्सको अध्यक्षमा आचार्य चयन

1615 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा मुख्य कार्यालय रहेको नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा केशवप्रसाद आर्चाय चयन भएका छन् । कम्पनीको पुस ५ गते बसेको संचालक समितिको बैठकले सर्वसम्मत रुपमा आचार्यलाई अध्यक्षमा चयन गरेको हो ।

२०७१ असार १८ गते धादिङको धादिङबेँशीमा केन्द्रीय कार्यालय स्थापना गरी कारोबार शुरु गरेको नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंक बाट घ बर्गको इजाजत प्राप्त राष्ट्रिय स्तर को लघुवित्त वित्तीय संस्था हो।