थाक्रेमा प्राङ्गारीक उत्पादनको बजारीकरण सम्वन्धि अन्तरक्रिया

934 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

थाक्रे-थाक्रे गाँउपालिकामा प्राङ्गारीक उत्पादनको बजारीकरण सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कृषि रेडियो र सेकार्ड नेपालले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा थाक्रे गाउँपालिकाका अगुवा कृषक, व्व्यापारी, कृषक समुहका अध्यक्ष, काठमाण्डौमा प्राङ्गारीक उपज विक्री गरिरहेका व्यावसायी हरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले थाक्रे गाउँपालिकाले प्राङ्गारीक उत्पादनको बजारीकरणमा स्पष्ट निति योजना निर्माण गर्ने र कार्यन्वनमा जाने धारणा व्यक्त गर्नुभयो । थाक्रे गाउँपालिकाले ५० लाख रुपैया कृषि क्षेत्रको विकासको लागि विनियोजन गरेको भन्दै त्यसको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न सवैलाइ आग्रह गर्नुभयो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र धादिङका प्रमुख केशव देवकोटाले अहिलेको आवाश्यक्ता जैविक कृषि रहेको भन्दै जैविक रुपमा उत्पादनमा लाग्न आवाश्यक रहेको वताउनुभयो । कार्यक्रममा धुनिवेशी नगरपालिकाका कृषि विभागका सन्तोष खड्का र थाक्रे गाउँपालिकाका राजेन्द्र रुपाखेतीले आआफ्नो पालिकाले कृषि क्षेत्रको विकासको लागि गरीरहेको कामको वारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा कृषि विभागका कुलदिप घिमिरेले नेपालको प्राङ्गारीक उत्पादनको वर्तमान अवस्थाको वारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।