धादिङमा डण्डीबियो प्रतियोगिता हुने

989 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङमा विद्यालय स्तरीय डण्डीबियो प्रतियोगिता हुने भएको छ । जिल्ला स्काउट कार्यालय र नेपाल डण्डीबियो संघको आयोजनामा आगामी फागुन ५ देखि ७ गतेसम्म धादिङबेसीमा संचालन गरिने डण्डीबियो संघका राजकुमार श्रेष्ठले जानकारी दिए ।

सामुदायिक विद्यालय र संस्थागत विद्यालयका विद्यार्थी सहभागी हुने गरी आयोजना गर्न लागिएको प्रतियोगिताले लोप हुन लागेको सो खेललाई संरक्षण गर्न आयोजना गरिएको नेपाल स्काउटका समन्वय आयुक्त शिव सापकोटाले जानकारी दिए ।
प्रतियोगितामा प्रथमले रु ५० हजार, द्वितिय हुनेले रु ३० हजार, तृतियले रु २० हजार र सान्त्वना हुने समूहले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । सो खेल हराउन लागेको र यसका नियम समेत जानकारी नभएको अवस्थामा सहभागि हुन चाहने विद्यालयले यही माघ १९ गते सहभागी एक विद्यार्थीसहित शिक्षकले प्रशिक्षण लिन आउन स्काउटले आब्हान गरेको छ । सहभागि हुने विद्यालयहरुले यही माघ २५ गतेभित्र टिम दर्ता गराउन भनिएको छ ।