शहीद दिवस : प्रदेश ३ मा सार्वजनिक बिदा

1141 पटक पढिएको

१६ माघ २०७५, बुधबार ०९:३५ सम्पादक: धादिङ न्यूज

हेटौँडा : प्रदेश ३ सरकारले शहीद दिवसमा सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकार मातहत रहेका सरकारी कार्यालय, स्थानीय तहहरुमा विदा लागु हुनेछ भने संघीय सरकार मातहतका सरकारी कार्यालय, बैक तथा वित्तिय संस्थामा भने विदा लागु नहुने भएको छ ।  शहीद प्रतिमामा मुख्यमन्त्री डोरमणि पौडेल र मन्त्रीहरु सहभागी हुने कार्यतालिका रहेको छ।  प्रदेश ३ सरकारको माघ ९ मा बसेको मन्त्रिपरिषद्को बैठकले शहीद दिवसमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।