धादिङको गंगाजमुनाबाट पेस्तोल सहित ३ युवा पक्राउ

2230 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २२ माघ – धादिङको उत्तरी भेगमा पर्ने गंगाजमुना गाउँपालिका वडा नम्बर ५ मा रहेको मण्डली मावि बाट प्रहरीले सोमबार दिउँसो तीन जना युवालाई पेस्तोल सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जिल्लाकै खनियाबास गाउँपालिका वडा न–५ सत्यदेबीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आशिस थापामगर र २३ वर्षीय बिशाल गुरुङ रहेका छन् । उनिहरुको साथबाट एक थान चाइनिज पेस्तोल त्यसमा लाग्ने ७ राउण्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरिक्षक श्याम महतोले जानकारी दिए ।
विद्यालयमा क्षेत्रीय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन भईरहेको र सो स्थानमा ति युवाहरुको कृयाकलाप शंकास्पद देखिएपछि प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिई खनतलासी गर्दा हतियार सहित पक्राउ परेका थिए । घटनापछि प्रहरीले प्रतियोगिता स्थल र आसपासमा सुरक्षाकर्मीको थप टोली परिचालन गरेको जनाएको छ । पक्राउ परेका युवाहरुलाई प्रहरीले हिरासतमा लिएको छ भने उनिहरु विरुद्ध हातहतियार तथा खरखजाना मुद्दा चलाइने पनि प्रहरीले जनाएको छ । खेलकुद भईरहेको स्थानमा ति युवा पेस्तोल सहित किन गए र उनिहरुको विगत के कस्तो थियो भन्ने वारेमा अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।