धादिङमा पनि मनाईयो जनयुद्ध दिवस

993 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-दुई ठूला कम्युनिष्ट पार्टी एकता भएर गठन भएको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) ले बुधवार धादिङ जिल्ला सदरमुकाममा धादिङबेसीमा जनयुद्ध दिवस तथा जनआन्दोलनका शहिदहरु प्रति श्रद्धान्जली कार्यक्रम मनाएको छ।
पार्टी कार्यालय पुछारवजारमा विशेष कार्यक्रमका बिच नेकपा धादिङले जनयुद्ध दिवस तथा जनआन्दोलनका शहिदहरु प्रति श्रद्धान्जली कार्यक्रम मनाएको हो । कार्यक्रममा नेकपाका जिल्ला नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । धादिङ क्षेत्र नम्बर १ का सांसद एवम नेकपाका जिल्ला सचिवालय सदस्य भुमि त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्यहरु पुष्पबिक्रम मल्ल, धादिङ क्षेत्र नम्बर २ का सांसद खेमप्रसाद लोहनी, प्रदेश नम्बर ३ का आन्तरिक मामिला मन्त्री शालिकराम जमकट्टेल, नेकपा ३ नम्बर प्रदेश कमिटिका सदस्यहरु सांसद डाक्टर रामकुमार अधिकारी, जगन्नाथ नेपाल, गुरुप्रसाद वुर्लाकोटी,रामवहादुर भण्डारी लगायतले सम्वोधन गर्दै पार्टीको विगत र वर्तमान अवस्थामा कार्यकर्ताहरुको भूमिकाका बिषयमा चर्चा गरिएको थियो । नेकपाको नेत्तृत्वमा रहेको सरकारले केही नमुना काम शुरु गरेकाले सरकार विरोधीहरु अत्तालिएर दुष्प्रचारमा लागेको भन्दै नेताहरुले त्यस्ता भ्रमलाई चिरेर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएका थिए । पार्टी एकता प्रकृया लम्विंदै गएपनि गाउँ गाउँमा पार्टी गतिविधि सक्रिय पार्न विगतका दुवै पार्टीका कमिटीहरुले शशक्त भुमिका निर्वाह गर्न सक्ने केन्द्रिय सदस्य जमकट्टेलले वताउनु भयो ।
कार्यक्रममा नेकपा ३ नम्ब् प्रदेश कमिटीका सदस्यहरु नेत्रराज पौडेल,जानुका सिम्खडा, दिपा सिम्खडा,शम्भुकुमार श्रेष्ठ,मनराज भण्डारी लगायतको आतिथ्य रहेको थियो ।
तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरू गरेको दिनलाई जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको थियो । तर, माओवादी र तत्कालीन नेकपा एमाले एक भएपछि उक्त दिवस पहिलो पटक मनाईएको हो ।