सहकारी संस्थाहरुले उद्देश्य अनुसार काम नगरेको गुनासो

1447 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,- सहकारी संस्थाहरुले उद्देश्य अनुसार काम गर्न नसकेकोे जिल्ला समन्वय समिति धादिङ प्रमुख जगन्नाथ नेपालले बताउनु भएको छ ।शनिवार धादिङबेसीमा आयोजना गरिएको सहकारी क्षेत्रको प्रर्वद्धनमा स्थानीय तहसंग सहकार्य र समन्वय विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख नेपालले सहकारी संस्थाहरु आर्थिक गतिविधि सञ्चालन तथा बचत तथा ऋण कारोवारमा मात्र लागि परेको,दुग्ध सहकारी संस्थाहरुले नीजि क्षेत्रले भन्दा फरक व्यवहार किसानहरुलाई गर्न नसकेको वताउनु भएको हो ।

यसै गरी साना किसान सहकारी संस्थामा गैरकिसान हावी तथा मझौला किसानहरुलाई लगानी तथा पृष्ठपोषण गरेर साना किसानहरुलाई सहकारी संस्थामा झिम्किन नदिएको र बहुउद्देश्य तथा कृषि सहकारी संस्थाहरु पनि वचत तथा ऋण कारोवारमा मात्र सक्रिय भएको उहाँले वताउनु भयो । सहकारी संस्थाहरुको उद्देश्य अनुसार काम गरे नगरे अनुगमन, नियमन र प्रर्वद्धन गर्ने जिम्मेवारी स्थानीय तहलाई रहेकाले सोही अनुसार गर्न गराउन स्थानीय तह प्रमुख तथा उपप्रमुखलाई आग्रह समेत गर्नु भयो ।
सम्वृद्धिको यात्रामा सार्वजानिक, नीजि र सहकारी क्षेत्रको भूमिका र योगदान, नेपालको सहकारी अभियानले ६२ वर्षमा पुरा गरेको र सवै भन्दा बढी सञ्जाल विस्तार भएको क्षेत्र, स्थानीय तहदेखि राष्ट्रिय र अन्तरराष्ट्रियस्तर सम्मको सुदृढ सञ्जाल, सहकारी संस्थामा ५१ प्रतिशत महिला आवद्ध रहेको बिषयमा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले कार्यपत्र मार्फत प्रस्तुत गर्नु भएको थियो । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुले सहकारी ऐन बनाएपनि नियमावली नवनाउँदा केही असहजता भएको कँडेलले वताउनु भयो ।
सहकारी संस्थाको विद्यमान,नेपालको संविधान २०७२ को सहकारी सम्वन्धी व्यवस्था, स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा सहकारी सम्वन्धी व्यवस्था, सहकारी ऐन २०७४ को अन्तरिम व्यवस्था,सहकारीका सवल पक्षहरु,सहकार्य किन,सहकार्यका आधारभुत मान्यता, स्थानीय सरकारको सहकारी सम्वन्धी मुख्य जिम्मेवारी र अधिकार र सहकार्य र समन्वयका क्षेत्रहरुका बिषयलाई कार्यपत्र मार्फत सहकारी विकास बोर्डका पूर्व निदेर्शक कृष्ण प्रसादले जानकारी गराउनु भएको थियो । सम्भावनाको पहिचान गर्न, जनअपेक्षाको परिपूर्ति गर्न, विकासमा सहकार्यको आवश्यकता सिमित साधन श्रोतबाट अधिकतम उपलव्धी हासिल गर्न रोजगार र्सिजना गर्नका लागि सहकार्य आवश्यक हुने र सहकारी मैत्री कानून तथा नीति निमार्ण, स्थानीय सहकारीबाट उत्पादित बस्तुको बजारिकरणमा आवश्यक सहयोग र समन्वयलाई स्थापित गर्न सहकार्य र समन्वय आवश्यक हुने दहालले बताउनु भएको थियो ।
कार्य पत्र र विद्यमान समस्याका वारेमा सहकारीहरुले राखेको जिज्ञासामा स्थानीय सरकारका प्रमुख र उपप्रमुखहरुले कर्मचारी अभावमा सहकारी क्षेत्रमा काम गर्न नसकेको धारण राखेका दिए । कार्यक्रमका अध्यक्ष जिल्ला सहकारी संघका अध्यक्ष नेत्रराज पौडेलले सहकारी क्षेत्रको प्रर्वद्धनमा स्थानीय सरकारले जिल्ला सहकारी संघ संग समेत समन्वय गर्न आग्रह गर्नुभएको थियो । सवैको लक्ष्य जनतालाई सम्वृद्ध बनाउने भएकाले सहकार्य खाँचो रहेको पौडेलले वताउनु भयो ।

  • पत्रकार राजेन्द्र बस्नेतको सहयोगमा