जिल्ला स्तरीय भलिबलको उपाधी जित्यो एड्भान्सले

881 पटक पढिएको

प्रकाशित मिति: २०७५, २६ फाल्गुन आईतवार २०:१३

सम्पादक: धादिङ न्यूज

 

 

धादिङबेसी- धादिङको सदरमुकाम धादिङबेसीमा संचालन गरिएको जिल्ला स्तरीय मैत्रीपूर्ण भलिवल प्रतियोगिताको उपाधी एड्भान्स एकेडेमीले चुमेको छ ।तीन दिन सम्म जारी रहेको मैत्रीपूर्ण खेलको आईतबार भएको फाईनल खेलमा एड्भान्स एकेडेमी धादिङ र मुक्रापदेवि मावि रुवीभ्याली बिच प्रतिस्पर्धा भएको थियो । फाईनल खेलमा एडभान्सले मुक्रापदेवीलाई ३–० ले हराएको हो । १०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर लैंङ्गिक समानताका लागि समान सोच र ब्यवहारः समृद्धिको आधार भन्ने नाराको साथ एडभान्स एकेडेमीले जिल्ला स्तरीय मैत्रीपूर्ण भलिवल प्रतियोगिताको आयोजना गरेको हो ।
जिल्लाका विभिन्न १२ वटा माध्यमिक बिद्यालयका खेलाडी टिम सहभागी भएको प्रतियोगितामा नीलकण्ठ मावि र धादिङ बोडिङ स्कुलले तेश्रो स्थान प्राप्त गरेको छ । प्रतियोगिताको समापन गर्दै धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले प्रथम हुनेलाई नगद ३० हजार, दोश्रो हुनेलाई १५ हजार, तेश्रो हुनेलाई ५÷५ नगका साथै शिल्ड,मेडल तथा प्रमाणपत्र दिएर पुरस्कृत गरेका थिए । प्रतियोगितामा उत्कृष्ट रेजर एड्भान्स एकेडेमिका कृष्ण गुरुङ र उत्कृष्ट खेलाडी एड्भान्स एकेडेमिकै आकाश लामा गुरुङलाई पनि पुरस्कृत गरिएको थियो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुनकुमार श्रेष्ठको अध्यक्षतामा समापन भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई धादिङका प्रमुख शिवप्रसाद रेग्मी, देविदत्त गुल्मका गुल्मपति रुपेश चापागाँई, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कृष्णलाल श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७५, २६ फाल्गुन आईतवार २०:१३ मा प्रकाशित