एक सय ६४ केजी चरेश सहित गजुरीबाट एक भारतीय नागरिक पक्राउ

1411 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ , ८ चैत- धादिङको पृथ्वीराजमार्ग स्थित गजुरी हुंदै अबैध रुपमा ओसार पसार हुंद आएको अबैध लागु औषध चरेश नियन्त्रणमा प्रहरीले अभियान संचालन गरेको छ ।
प्रहरीले शुक्रवार विहान ४ वजे तिर धादिङको गजुरी वजारबाट १६४ किलोग्राम अबैध लागु औषध चरेस सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पृथ्वी राजमार्गमा नियमित चेक जाँचका क्रममा प्रहरीले भारतीय नम्वर प्लेटको ट्रकमा लुकाई छिपाई भारततर्फ लैजादै गरेको सो चरेश वरामद भएको धादिङ प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक भोलामान सिंह अधिकारी र ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुंगेलको संयुक्त कमाण्डबाट खटिएको टोलीले शुक्रवार विहान गजुरी चेक प्वाईन्टमा सो लागुऔषध चरेश पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
काठमाण्डौं बाट भारतको उत्तर प्रदेश मजहफपुर नगर सामली तर्फ जांदै गरको युपी–१९पी५१७१ नम्बरको भारतीय नम्बर प्लेटको ट्रक सहित भारत उत्तर प्रदेश‚ जिल्ला मरेठ‚मरेठसिटी लिसारी गेट थाना ०९ बस्ने बर्ष २३ को मौहम्त महताव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक राजकुमार बैदवारले वताउनु भयो । भारतीय ट्रकलाई रोकी चेकजाँच गर्दा उक्त ट्रकको क्याविन माथि पट्टी भएको सामान राख्ने भागमा ८ वटा प्लाष्टिकको बोरामा लागु औषध चरेश १६४ किलो ग्राम‚ सिमकार्ड सहितको मोबाईल सेट एक थान र भारतीय रुपैयाँ १३‚०५० समेत बरामद गरि निजलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थपि थुनामा राखिएको प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
पृथ्वीराजमार्गलाई लागुऔषध तस्करहरुले ओसार पसारको मुख्य सडक नाका वनाउदै आएपछि प्रहरीले सो नियन्त्रणमा बिशेष निगरानी बढाएको धादिङका प्रहरी उपरिक्षक राजकुमार वैदावारले वताउनु भयो ।
चालु आर्थिक बर्षको फागुन मसान्त सम्ममा धादिङ प्रहरीले १३ सय किलो चरेश ६ सय ५० किलो गाँजा रसहित ३६ जनालाई पक्राउ गरीसकेको छ ।
राजमार्ग हुंदै लामो समय देखि अबैध लागु औषध चरेश वरामद हुंदै आईरहेको भन्ने जनगुनासोको आधारमा प्रहरीले राजमार्गक्षेत्रमा बिशेष चेक जाँच खडा गरी अनुसन्धान शुरु गरेको प्रहरीले जानकारी दिएको छ ।

तस्बिर : जिल्ला प्रहरी कार्यालय धादिङको फेसबुकबाट