बल्छी धुर्बे र राजु मास्टरले छोडे मेरी बास्सै

2039 पटक पढिएको

१० चैत्र २०७५, आईतवार १६:४९ सम्पादक: धादिङ न्यूज

नेपाल टेलिभिजनबाट लामो समयदेखि प्रसारणमा आईरहेको चर्चित हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे)  र राजु पौडेल (राजु मास्टर) बाहिरिए छन्।

निर्माण कम्पनी मिडिया हबसँगको असहमतिले आफूहरू मेरी बास्सैबाट बाहिरिएको बल्छी धुर्बेले फेसबुक मार्फत जानकारी जानकारी गराएका छन्।

बल्छीले आफ्नो फेसबुकमा लेखेका छन -‘मिडिया हबसँग विभित कुरामा सहमती हुन नसक्दा आजको मितिबाट हामी मेरी बास्सैबाट अलग भयका छौँ। यस कदमबाट हाम्रा भगवानरुपी दर्शकहरुमा पर्न गएको असर प्रति क्षमाप्रार्थी छौं,’

मेरिबास्सैका शुरुवातकर्ता सिताराम कट्टेल (धुर्मुस्) र केदार घिमिरे (माग्नेबुढा)ले छोडेपछि बल्छी र राजुमास्टरले लेखन तथा निर्देशनको काम सम्हाल्दै आएका थिए।

उनले  लेखेका छन् “हामी अब छिट्टै नै बल्छी र राजुमास्टरकै भेषमा अर्को सिरियल लिएर आउनेछौं, दर्शकले हामीलाई मेरी बास्सैकै भेषमा देख्न पाउनुहुनेछ” । उनी अगाडी लेख्छन्  “एउटा स्कृप्ट राईटर भनेको खुल्ला आकासमा उड्ने चरा जस्तै हो उ जुन दिशामा पनि आफ्नो पखेटा फैलाएर उड्न सक्छ, तर त्यो चरालाई एउटा पिँजडामा थुनेर राख्दा चरा पिँजडाबाट बाहिर निस्किन खोज्दा कैले उसको टाउकामा चोट लाग्छ, कैले पखेटा भाँचिन सक्छ यसो हुँदा चरा बिरामी पर्न जान्छ र कुनै दिन मर्न पनि सक्छ। तर तपाईहरूको मायाले बाचेका हामी बल्छी र राजु मर्न चाहेनौं।”

यो सँगै अब आउने मंगलबारको मेरी बास्सैको भाग ५९५ बाट बल्छी र राजुमास्टरलाई देख्न पाइनेछैन ।