धादिङ न्यूजमा काम गर्ने अवसर

1808 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ जिल्लाबाट संचालन भईरहेको डिजिटल मिडिया धादिङ न्यूज डट कमका लागि जिल्लाको १३ वटै स्थानीय तहमा एक एक जना स्थानीय प्रतिनिधि र कार्यालयमा रहेर काम गर्ने एक जना पत्रकार आवश्यक परेको छ ।
सदरमुकाम स्थित कार्यालयमा रहेर डिजिटल मिडियासंग सम्वन्धित भएर काम गर्न सक्ने इच्छुक पत्रकारले सम्पर्क राख्नुहोला । नेपाली भाषामा समाचार लेख्न, डिजिटल मिडिया संग साक्षात्कार भएका व्यक्तिको लागि यो अवसर प्रदान गर्न लागिएको हो ।
धादिङ न्यूजले तत्काललाई एकजनालाई पूर्णकालिन रोजगार दिनेछ । पूर्णकालिन पत्रकारका लागि १२ कक्षा उतीर्ण र स्थानीय प्रतिनिधिका लागि एसइई वा सो सरह उतीर्ण गरेको हुनुपर्ने छ । स्थानीय प्रतिनिधिका रुपमा काम गर्न चाहने व्यक्तिले आंफूले काम गर्न चाहेको स्थानीय तह खुलाएर सम्पर्क राख्नुहोला । पूर्णकालिनको लागि दरखास्त दिन नेपाली भाषामा समाचार लेख्न सक्ने तथा प्रतिनिधिको लागि समाचार लेख्न जाँगर लगाउने र बलियो इच्छाशक्ति भएको हुनुपर्ने छ । दुबैको लागि कम्प्युटरमा नेपाली टाइप गर्न फोटो र भिडियो खिच्ने सिप भएको भने अनिवार्य  हुनुपर्ने छ ।
इच्छुक व्यक्तिले धादिङ न्यूजको इमेल [email protected] मार्फत आफ्नो बिबरण पठाउनुहोला । दुवै पदमा सेवा सुविधाका लागि शर्तहरु लागू हुनेछन ।