जिल्ला समन्वय समिति धादिङका सबै कर्मचारीको समायोजन (को कहाँ पुगे )

1542 पटक पढिएको

प्रकाशित मिति: २०७५, १३ चैत्र बुधबार १९:४०

सम्पादक: धादिङ न्यूज

 

 

धादिङ-  जिल्ला समन्वय समिति धादिङमा कार्यरत २१ जना कर्मचारीहरुको विभिन्न स्थानीय तहमा समायोजन भएको छ ।
लामो समयदेखि जिल्ला समन्वय समितिमा काम गर्दै आईरहेका अधिकृत देखि कार्यालय सहयोगी सम्मका दरवन्दीका कर्मचारीहरुको समायोजन भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कर्मचारी समायोजन शाखाले निकालेको सूची अनुसार समन्वय समितिका सबैभन्दा धेरै कर्मचारी नीलकण्ठ नगरपालिकामा समायोजन भएको छ ।
नीलकण्ठ नगरपालिकामा समायोजन हुनेहरुमा आन्तरिक लेखापरिक्षण अधिकृत हरिवहादुर पाटामगर, इन्जिनियर कृष्णलाल श्रेष्ठ, लेखापाल इश्वर भट्ट, असिष्टेण्ट सव इन्जिनियर रमेश अर्याल खरिदार शान्ति शाह र लक्ष्मी शाह हल्का सवारीचालक तुलवहादुर थापा र बिष्णुकुमार श्रेष्ठ ,कार्यालय सहयोगी कुमवहादुर श्रेष्ठ रहेका छन ।
इन्जिनियर रामशरण अधिकारी र सव इन्जिनियर गोपाल शर्माको धुनिबेसी नगरपालिकामा कम्प्युटर अपरेटर खेमराज पोखरेल थाँक्रे गाउँपालिकामा, नायव सुव्वा तुफेल हमद खाँ, सहलेखापाल कृष्णवहादुर पाठकको गजुरी गाउँपालिकामा समायोजन भएको छ । यसै गरी अधिकृत विनोद अर्याल,नायव सुव्वा हरिवहादुर कुँबर क्षेत्री र कार्यालय सहयोगी शिवराज खतिवडाको सिद्धलेक गाउँपालिकामा समायोजन भएको छ ।
त्यसै गरी सव इन्जिनियरहरु ज्ञानवहादुर खड्का खनियाबास गाउँपालिकामा ज्ञानेन्द्रजंग शाह ज्वालामुखी गाउँपालिकामा, सोनेलाल साह नेत्रावती गाउँपालिकामा समायोजन भएका छन । त्यसै गरी कार्यालय सहयोगी यदुप्रसाद लोहनीको ज्वालामुखी गाउँपालिकामा समायोजन भएको छ ।
साविकको जिल्ला विकास समिति मार्फत छनौट भई जिल्ला समन्वय समितिमा कार्यरत कर्मचारीहरु जिल्लाका विभिन्न स्थानीय तहमा समायोजन भएर गएपछि जिल्ला समन्वय समितिमा भने संघ तथा प्रदेशबाट खटिएका विभिन्न तहका गरी १३ जना कर्मचारी रहने भएका छन ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७५, १३ चैत्र बुधबार १९:४० मा प्रकाशित