हिन्दुराष्ट्र पुनस्र्थापना संघर्षका लागि बुद्धिमान तामाङ कमाण्डर

1106 पटक पढिएको

प्रकाशित मिति: २०७५, १७ चैत्र आईतवार ०६:१९

सम्पादक: धादिङ न्यूज

 

 

काठमाडौ । हिन्दुराज्य पुनस्र्थापनाको नारा अघि सार्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो माग पुरा गर्न जनसंघर्ष गर्ने घोषणा गरेको छ । पार्टीले अघि सारेको आन्दोलनका कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा जनसंघर्ष परिचालन समिति गठन गरेको छ । संघर्ष समितिको सल्लाहकारमा पार्टी अध्यक्ष कमल थापा तथा वरिष्ठ नेताहरु दिपक बोहोरा र बालाराम घर्तीमगर तथा सदस्य सचिबमा महामन्त्री भास्कर भद्रा रहेका छन ।
नवगठित जनसंघर्ष परिचालन समितिको सदस्यहरुमा पार्टीका केन्द्रीय पदाधिकारी एवं सदस्यहरु, प्रदेश कार्य समितिको अध्यक्ष, विभागीय प्रमुखहरु, भातृ संगठनका प्रमुखहरु तथा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका अध्यक्षहरु समेत रहेको पार्टीका प्रवक्ता सुशिल श्रेष्ठले धादिङ न्यूजलाई बताउनु भयो ।

राप्रपाले हिन्दु राष्ट्र पुनस्र्थापनाको लागि घोषणा गरेको जनसंघर्षका कार्यक्रम अनुसार चैत्र १७ देखि २३ गतेसम्म हिन्दु राष्ट्रको पक्षमा देशव्यापी हस्ताक्षर संकलन अभियान, चैत्र २५ गते केन्द्रमा सिंहदरबार अगाडि, प्रदेशमा प्रदेश राजधानीमा र जिल्लामा जिल्ला सदरमुकामहरुमा १ घण्टे धर्ना, चैत्र २८ गते सम्पूर्ण स्थानीय तहको केन्द्रमा १ घण्टे धर्ना लगायतका कार्यक्रमहरु रहेका छन् ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७५, १७ चैत्र आईतवार ०६:१९ मा प्रकाशित