धादिङमा खानेपानी सरसफाइ तथा स्वच्छता सम्वन्धि समीक्षा

1497 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- धादिङ जिल्लामा रहेर खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरु बीचको समीक्षा बैठक सम्पन्न भएको छ । समिक्षा बैठक वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) कोे  संयोजनमा भएको हो ।
ग्लोवल एफेयर अफ क्यानडा (जिएसी)को आर्थिक सहयोग तथा सेन्टर फर एफोडेवल वाटर एण्ड सेनिटेशन टेक्नोलोजी(सिवास्ट)सँगको सााझेदारीमा पुनर्निर्माण र उत्थानशिलता–नेपाल (रिकन्ट्रक्शन एण्ड रिसाईलेन्स अफ वास सर्भिस थ्रो क्यापासिटि विल्डिङ नेपाल )परियोजना अन्तर्गत धादिङ जिल्लामा सञ्चालित क्रियाकलापको चौमासिक समीक्षा गरिएको हो । कार्यक्रममा धादिङ जिल्लामा रहेर खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरु जिल्ला समन्वय समिति, जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाईटी, शान्ति नेपाल, फोकस नेपाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा धादिङ जिल्लामाको खानेपानी सरसफाई तथा स्वच्छताको अवस्था, भुकम्प पछि खानेपानीको मुल सुकेर भएको संकट समाधानको प्रयास, आगामी दिनको कार्ययोजना लगायतका बिषयामा छलफल गरिएको थियो । कार्यक्रमको समीक्षा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) की तालिम आधिकृत शोभा रानाले गर्नुभएको थियो ।
समीक्षा बैठकमा उपस्थित विभिन्न संस्थाका प्रतिनिधीले एन्फोले विकास गरेको विभिन्न सुचना, शैक्षिक तजा सञ्चार सामग्रीहरुको अवलोकन समेत गरेका थिए । समीक्षा बैठकको अध्यक्षता गर्नु भएका जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले एन्फोद्वारा सञ्चालित कार्यक्रमहरु अति प्रभावकारी रहेको बताउनुभयो ।उहाँले खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रलाई अझ प्रभावकारी बनाउन सबैको एकीकृत प्रयासको आवश्यकता औल्याउनुभएको थियो ।