ठूलो परिणामको चरेश र गाँजा जलाएर नष्ट

1285 पटक पढिएको

२२ चैत्र २०७५, शुक्रबार १६:४४ सम्पादक: धादिङ न्यूज

धादिङ, २२ चैत – धादिङका विभिन्न स्थानबाट बरामद गरिएको प्रतिवन्धित लागूऔषध चरेश र गाँजा प्रहरीले जलाएर नष्ट गरेको छ ।
शुक्रवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, नीलकण्ठ नगरपालिकाका प्रतिनिधिहरुको रोहबरमा प्रहरीले चरेश र गाँजा जलाएर नष्ट गरेको हो ।
प्रहरीले विभिन्न मिति र स्थानबाट बरामद गरिएको अवैध लागु औषध चरेश २७४ किलो ८५ ग्राम‚ गाँजाको धुलो ३९० किलो ३८ ग्राम‚ बिउ जस्तो देखिने गाँजाको धुलो १०९ किलो ११ ग्राम‚ चरेश बनाउने तयारी अवस्थाको गाँजाको धुलो ३२ किलो ९१० ग्राम जलाएर नष्ट गरेको हो । चरेश ओसार पसारमा संलग्न रहेको आरोपमा चैत आठ गते  पक्राउ परेका  चालक भारत उत्तर प्रदेश‚ जिल्ला मेरठ‚मेरठसिटी लिसारी गेट थाना ०९ बस्ने बर्ष २३ को मौहम्त महतावलाई र चैत १४ गते धादिङको गजुरी गाउँपालिकाको वडा नम्बर ७ पेटारेबाट पक्राउ परेकी सुकुमाया तामाङ  लाई न्यायिक हिरासतमा राखी अनुसन्धान भईरहेको धादिङका प्रहरी उपरिक्षक राजकुमार वैदवारले वताउनुभयो ।