तीन वर्षसम्म बैंक खाता नचलाए स्वत निष्क्रिय

902 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नयाँ शाखा खुल्ना साथ एउटा खाता खोलिदिनुस न भन्दै हैरान पार्ने गरेका बैकका कर्मचारीहरुबाट तपाई पनि आजित भएको हुनुपर्छ । आवश्यकता नभएर अनि खाता खोल्नु पर्ने कुनै कारण नभएपनि हरेक जस्तो बैकमा बैंकमा खोलिएको बचत खाताबाट तीन वर्षसम्म कुनै कारोबार गर्नु भएन भने अब तपाईको खाता स्वतःनिश्क्रिय हुने भएको छ।

राष्ट्र बैंकले बैंकहरुको आग्रहमा बचत खाताको निश्क्रिय अवधि बढाएको हो। यसअघि ६ महिनासम्म कुनै कारोबार नभएको बचत खाता स्वतः निश्क्रिय हुँदै आएको थियो। त्यस्तै चल्ती र कल निक्षेप खातामा भने ६ महिनासम्म कारोबार नभएमा निश्क्रिय हुने भएको छ। निश्क्रिय खातालाई पुनः सक्रिय बनाउन बैंकमै गएर आवश्यक प्रक्रिया पुर्याउनुपर्नेछ। बैंकहरुले विभिन्न आकर्षक अफरहरु ल्याएर ग्राहक संख्या बढाउनेतर्फ लाग्दा एउटै व्यक्ति तथा संस्थाले धेरै बैंकमा खाता खोल्ने गरेका छन्। धेरै बैंकमा खाता खोले पनि नियमित कारोबार भने एउटा वा दुईटामा मात्रै हुने गरेको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार देशभरका बैंक तथा वित्तीय संस्थामा पुस मसान्तसम्म २ करोड २० लाख बचत खाता खोलिएका छन्। जसमध्ये ४४ लाख ५० हजार बचत खाता निश्क्रिय छन्। राष्ट्र बैंकको तथ्यांकअनुसार गत माघ मसान्तसम्म कुल निक्षेपमा मुद्दती खाताको हिस्सा ४७।७ प्रतिशत रहेको छ। त्यस्तै चल्ती खाताको ८।७, बचत खाताको ३३।५ र अन्यको १०।२ प्रतिशत हिस्सा छ।