स्नातक तह प्रथम बर्षको नतिजा प्रकाशित

1567 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले तीन बर्षे ब्याचलर अफ एजुकेशन (बी.एड) को प्रथम बर्षको नतिजा विहिवार प्रकाशित गरेको छ । बीएड प्रथम वर्षको परीक्षा भदौ २०७५ मा संचालन गरिएको थियो । कुल १६ हजार ३ सय ७६ परीक्षार्थी मध्ये ४ हजार ७ सय ९५ जनाले परीक्षा पास गरेका छन् ।
२ हजार ५ सय ८२ जना परीक्षामा अनुपस्थित भएका थिए भने ८ सय ५६ जना विषयगत अनुपस्थित भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । ४ जना परीक्षार्थीले अमर्यादित व्यबहार गरेका कारण २ बर्षका लागि प्रतिवन्ध लगाईएको छ भने १६ जना परीक्षार्थीको यो बर्षको परीक्षा बदर भएको पनि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । ५ जनाको परीक्षाको नतिजा रोक्का गरेको त्रिविले जनाएको छ । यो बर्ष २९ दशमलव २८ प्रतिशत विद्यार्थी मात्र पास भएका छन् ।
नतिजा हेर्नका लागि Nepal Telecom को नम्बर रहेको मोबाईलबाट १६०२ मा डायल गरी प्राप्त निर्देशन अनुशार हेर्न सकिनेछ । साथै मोबाईलमा BED (Space) Roll No टाईप गरी ३३६२४ मा Send गरेर लम्धाङ्क प्राप्त गर्न सक्नुहुनेछ । साथै www.tu.net.np र www.edusanjal.com मा हेर्न सकिनेछ ।