प्रभावशाली मन्त्रीहरुनै प्रधानमन्त्रीको सम्बोधनमा अनुपस्थित

997 पटक पढिएको

३ बैशाख २०७६, मंगलवार ०९:४२ सम्पादक: धादिङ न्यूज

नयाँ वर्ष २०७६ को शुभकामना सहित प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको सम्बोधनको बेला मन्त्रिपरिषदका प्रभावशाली मन्त्रीहरु नै उपस्थित नभएको बिषयले अहिले  चर्चा पाएको छ ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान साढे ६ बजेभित्र बालुवाटारमा उपस्थित हुन सबै मन्त्रीलाई खबर गरे पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट मन्त्रिपरिषदमा सहभागी गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत, उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चन्द्रप्रकाश खनाल र खानेपानी मन्त्री बिना मगर सम्बोधनमा उपस्थित नभएको समाचार नागरिक दैनिकले लेखेको छ ।
काठमाडौंमै रहेर पनि गृहमन्त्री थापा, ऊर्जामन्त्री पुन उपस्थित भएनन् भने अन्य मन्त्रीहरु भने काठमाडौंबाहिर कार्यक्रम तय गरेर सम्बोधन कार्यक्रम छलेका थिए। बालुवाटार स्रोतका अनुसार सबै मन्त्रीहरुलाई बिहानै उपस्थित हुन आग्रह गरिएको थियो । एगटै पार्टी भएर पनि मन्त्रीहरु प्रधानमन्त्रीको कार्यक्रममा किन गएनन भन्ने बिषयले धेरैको ध्यानआकर्षण गराएको छ ।