ट्राफिक प्रहरीले अब ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने

1240 पटक पढिएको

६ बैशाख २०७६, शुक्रबार ०६:४३ सम्पादक: धादिङ न्यूज

घाम, पानी, धुंवा धुलो केही नभनि कार्यक्षेत्रमा खटिंदै आएका ट्राफिक प्रहरीले अब ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएका छन् । ट्राफिक प्रहरीको जोखिम तथा कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता सम्बन्धि निर्देशिका–२०७५ स्वीकृत गर्दै मन्त्रीपरिषद् बैठकले प्रहरी नायब उपरिक्षक डीएसपी भन्दा तल्लो तहका ट्राफिक प्रहरीले १० देखि ४० प्रतिशतसम्म भत्ता पाउने व्यवस्था गर्न लागेको हो ।

प्रस्तावित तलव स्केल अनुसार डीएसपी र प्रहरी निरिक्षकले १०, प्रहरी नायब निरिक्षक सई र प्रहरी सहायक निरिक्षक असईले २० तथा हवल्दार र जवानले ४० प्रतिशत प्रोत्साहन भत्ता पाउने निर्देशिकामा उल्लेख छ । यो निर्णयबाट ट्राफिक प्रहरीमा थप उर्जा मिल्ने भएको छ ।