गजुरीमा खाद्यअधिकारमा आधारित सवाल पहिचान तथा पैरवी तालिम

1395 पटक पढिएको

७ बैशाख २०७६, शनिबार २१:३० सम्पादक: धादिङ न्यूज

गजुरी ७ बैशाख । धादिङको गजुरी गाँउपालिकामा खाद्यअधिकारमा आधारित सवाल पहिचान तथा पैरवी सम्वन्धि तालिम शनिवार सम्पन्न भएको छ । फियान नेपालको आयोजनामा घाटबेशीमा दुई दिन सम्म संचालन भएको तालिममा मानवअधिकार तथा खाद्यअधिकार – खाद्य सुरक्षा खाद्य सम्प्रभुताको अवधारणा , खाद्यअधिकार हनन्का सवालको पहिचान तथा दस्तावेजिकरण स्थानिय तहमा खाद्यअधिकारको सम्बन्धमा वकालत तथा पैरवीको लागि योजना निर्माण गर्ने लगायतका विषयमा छलफल गरिएको थियो ।
तालिममा खाद्यअधिकार जिल्ला संजाल धादिङका अध्यक्ष गोकर्ण रुपाखेतीले नागरिकलाई खाद्य अधिकार प्रत्याभुती गराउने काम राज्यको हो । त्यही अनुरुप खाद्य अधिकार तथा खाद्य सम्प्रभुत्ता ऐन २०७५ जारी भएको , गजुरी गाँउपालिकाले ५ वर्षमा भोक मुक्त बनाउन खाद्य तथा पोषण सुरक्षा योजना निमार्ण गरेर उदारणीय काम गरेको बताउनु भयो । साथै उहाले सहभागिहरलाई स्थानीय सरकारले स्वीकृत गरेका ऐन , नीति तथा कार्यक्रम कार्यान्वयनका अनुगमन गरेर त्रुटि रहेको ठाउँमा प्रभावित समुदायको पक्षमा पैरवी गर्न आग्रह गर्नु भयो । कार्यक्रममा गजुरी गाउपालिकका का अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले गजुरी गाँउपालिकाले ५ वष भित्र भोक मुक्त गजुरी गाँउपालिका बनाउनु खाद्य तथा पोषण सुरक्षा योजना निमार्ण गरेको जानकारी गराउदै खाद्य पाउनेले नपाउने लाई सहयोग गरी खाना खेर नफाल्न आग्रह गर्नुभयो ।

अध्यक्ष बस्नेतले योजना कागजमा निमार्ण गरेपनि व्यावहानमा कार्यान्वयनको महसुश गराउने गरि कार्यान्वयन गर्ने बताउदैृ खाद्य अधिकार गाँउपालिका सञ्जाललाई अनुगमन गरी सुझाव दिन पनि आग्रह गर्नुभयो । विद्यालय खाजा कार्यक्रममा केही गुनासाहरु आएकोले छिटै अनुगमन गरी वालवालिकाको पोषयणयुत्तः खान पाउने अधिकार सुरक्षित राख्ने बताउदैँ विपन्न परिवारहरुलाई सहज रुपमा खाद्यन्न आपूर्तिको अवस्था र्सिजना गर्न कार्यक्रम बनाइसकेको पनि बताउनु भयो ।