सेल्फिडाँडामा टिपर खस्यो, चालक बस्नेतको मृत्यु

994 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काभ्रे । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकामा पर्ने विपिराजमार्गको सेल्फिडाँडामा शनिवार भएको टिपर दुर्घटनामा परि धादिङ थांक्रे गाउँपालिका वडा नम्बर ६ का ४६ बर्षिय केदारवहादुर बस्नेतको ज्यान गएको छ । सडकबाट तीन सय मिटर तल खोल्सामा टिपर खस्दा चालक टिपरका धनी एवम चालक बस्नेतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
भकुण्डे प्रहरी चौकीले दिएको जानकारी अनुसार शनिवार बिहानै ६ बजेको समयमा सो दुर्घटना भएको बताइएको छ । बिपि राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका–२ सेल्फिडाँडा स्थित काभ्रे भन्ज्याङबाट भकुण्डेतर्फ जाँदै गरेको बा ३ ख ५३९६ नंम्बरको खालि टिपर सडकबाट करिब ३०० मिटर तल भिरमा खसि दुर्घटना भएको हो ।