भ्याट र अन्तशुल्क स्थानीय तहलाई बाँडफाँड,धादिङमा कसले कति पाए (सूचिसहित)

1805 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । संघिय सरकारले २०७५ चैत महिनामा उठाएको मूल्य अभिबृद्धि कर र अन्तशुल्कलाई धादिङ लगायत देशैभरका ७५३ स्थानीय तहमा बाँडफाँड गरेको छ ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार बाँडफाँड हुने राजस्व मध्ये मुल्य अभिबृद्धि कर रआन्तरिक उत्पादनमा लाग्ने अन्तशुल्क वापतको २०७५ चैत महिनामा संकलन भएको रकमको १५ प्रतिशतले हुन आउने  बराबरको रकम बाँडफाँड भएको हो । ऐनमा भ्याट र आन्तरिक उत्पादनमा लाग्ने अन्तशुल्क रकमको १५ प्रतिशत रकम स्थानीय तहलाई दिनुपर्ने व्यवस्था रहेको छ ।
सरकारले चैत महिनामा संकलन भएको देशभर वितरण गर्नु पर्ने भ्याट वापत २ अर्ब ८९ करोड मध्येबाट धादिङ जिल्लाका १३ वटै स्थानीय तहमा गरी ४ करोड ४९ लाख ४ हजार ३ सय ५२ र अन्तशुल्क वापतको ८८ करोड रुपैयाँ मध्येबाट २ करोड २६ लाख ७३ हजार ३ सय ३६ रुपैयाँ धादिङका स्थानीय तहलाई दिएको हो ।जस मध्ये रुवीभ्यालीले २३ लाख ३१ हजार ६ सय ९६ रुपैयाँ २५ पैसा, खनियाबासले ३१ लाख ५२ हजार ६ सय ३४ रुपैयाँ १६ पैसा,गंगाजमुनाले ४३ लाख १२ हजार १ सय ७३ रुपैयाँ ५२ पैसा, त्रिपुरासुन्दरीले ४० लाख ६१ हजार ७ सय ५६ रुपैयाँ ३५ पैसा, नेत्रावतीले २८ लाख ७८ हजार ७ सय ९० रुपैयाँ ३६ पैसा, ज्वालामुखीले ४३ लाख ९४ हजार ५ सय ७८ रुपैयाँ ४६ पैसा, सिद्धलेकले ४२ लाख ४५ हजार, ८ सय ३८ रुपैयाँ ३ पैसा, वेनिघाटरोराङले ५६ लाख १९ हजार ७ सय ९१ रुपैयाँ २३ पैसा, गजुरीले ४८ लाख ९५ हजार ७ सय २ रुपैयाँ ४६ पैसा, गल्छीले ४५ लाख १२ हजार १ सय ९१ रुपैयाँ ३८ पैसा,थांक्रेले ४९ लाख ७ हजार ३ सय ५० रुपैयाँ ७५ पैसा धुनिवेसी नगरपालिकाले ४६ लाख ५८ हजार ७५ रुपैयाँ १९ पैसा र नीलकण्ठ नगरपालिकाले ७६ लाख ६७ हजार ७ सय १० रुपैयाँ ३६ पैसा पाएका छन् ।

सरकारले चैत महिनामा संकलन भएको भ्याट वापत २ अर्ब ८९ करोड  र अन्तशुल्क वापतको ८८ करोड रुपैयाँ स्थानीय तहलाई दिएको हो ।