एकाविहानै १२ मिनेटको फरकमा दुई पटक भुकम्पको धक्का

1171 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – गोरखा वार्पाक केन्द्र भएर भुकम्प गएको चार बर्ष पुग्न एक दिन अघि राजधानी काठमाण्डौं र आसपासका वासिन्दालाई फेरी एक पटक भुकम्पले नराम्रो संग झस्काएको छ । बुधबार बिहान काठमाडौं र आसपासका क्षेत्रमा हलचल ल्याउने गरी धादिङको नौविसे केन्द्र भएर २ पटक भूकम्पको धक्का महसुस गरिएपछि सर्वसाधरण त्रसित हुन पुगेका हुन ।
बुधबार बिहान ६ बजेर २९ मिनेटमा धादिङको नौविसे केन्द्र विन्दु भएर ५.२ रेक्टरको तथा ६ बजेर ४० मिनेटमा ४.३ रेक्टरको अर्को धक्काको महसुस गरिएको थियो । दुबै भूकम्पको केन्द्रबिन्दु धादिङको नौविसे भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भुकम्प पछि धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा मान्छेहरु घर छाडेर सडकमा निस्किएका थिए । यसै गरी अन्य स्थानमा पनि घर वाहिर निस्कनेहरुको संख्या धेरै रहेको थियो । कति भने विहानी निन्द्रामा भएका कारण भुकम्प गएको चाल समेत पाएनन ।
एकाविहानै १२ मिनेटको फरकमा दुई पटक भुकम्पको धक्का महसुस भएपछि राजधानी र आसपासका जिल्लावासीले २०७२ बैशाखको भुकम्पको याद गरेका छन । विहानै भएका कारण धेरैजना उठ्न समेत भ्याएका थिएनन् । वैशाख १२ मा गएको विनाशकारी भूकम्पको ४ वर्ष पुग्न एकदिन अगाडी यो पराकम्प महशुस गरिएको हो। भुकम्प पछि सामाजिक सन्जाल प्रयोग कर्ताहरुले विभिन्न स्टाटस लेख्दै भुकम्पको याद गरिरहेका छन । भुकम्पको कारण कतै कुनै क्षती भएको भने अहिले सम्म जानकारी आएको छैन ।