गजुरीका १० बिद्यालयमा सचेतनामुलक अभियान संचालन गरिने

889 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गजुरी – बिद्यालयलाई विभिन्न प्रकार बिपदको जोखिमबाट सुरक्षित गर्न धादिङको गजुरी गाउँपालिकाका १० बिद्यालयमा पुर्व तयारी तथा सचेतनामुलक अभियान संचालन गरिने भएको छ ।
गजुरी गाउँपालिका शिक्षा शाखा,बिद्यालय र प्रयास नेपाल धादिङको समन्वयमा आसमान नेपालले अभियानमुखी कार्यक्रम संचालन गर्न लागेको हो । कार्यक्रमका बिषयमा जानकारी दिन सरोकारवालाहरुलाई अभिमुखिकरण गरिएको छ । अभिमुखिकरण पश्चात बिद्यालयमा विभिन्न किसिमको बिपदबाट न्युनिकरणको लागि गर्नु पर्ने पुर्व तयारी तथा सचेतना र अभ्यास,प्राथमिक उपचार लगायतका बिषयमा जानकारी दिने अभियान सञ्चालन हुने छ । कार्यक्रमबाट बृहत बिद्यालय सुरक्षाका पक्षहरुमा शिक्षक,बालक्लब,बिद्यालय व्यवस्थापन समिति र समुदायका व्यक्तिहरुलाई पुर्व तयारी र बिपद पश्चातको साबधानि सम्बन्धि क्षमता बिकासमा सहयोग हुने कार्यक्रम संयोजक उषा बिकले जानकारी दिनु भयो ।
गजुरी गाउपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतको अध्यक्षता ८ वटै वडाका अध्यक्षहरु ,प्रमुख प्रशासकीय अधिकृत युवराज अर्याल ,१० वटै बिद्यालयका प्रधानाध्यापक र बिपद जोखिम सम्पर्क शिक्षकहरूको सहभागीतामा अभिमुखिकरण सम्पन्न गरिएको विकले वताउनुभयो ।