श्रमिक दिवसमा जनचेतनामुलक कार्यक्रम

942 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ -प्रयास नेपाल धादिङले १३० औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
धुनिबेशी नगरपालिका ३ मा रहेको महालक्ष्मी ईँटा उद्योग, थाक्रे ७ मा रहेको एभरेष्ट ईँटा उद्योग र गजुरी ५ मा रहेको राजधानी ईँटा उद्योग आसपासमा श्रमिक दिवसको अवसरमा जनचेतना रयालीको आयोजना गरिएको हो । प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालका अनुसार संस्थाले ईच्छा बिरुद्ध काम ,बधुवा मजदुर राख्न नपाईने,८ घण्टा काम,सामाजिक सुरक्षा लगायत श्रमिकको र श्रमको सम्मान ,कामदार मैत्री उद्योगी,उद्योगी मैत्री काम कार्यसम्पादन ,कामदारको सुरक्षा तथा नियमित स्वास्थ्य परिक्षण जस्तन बिषयमा उद्योगी र कामदारहरु बिच सुमधुर सम्बन्ध विकासमा सहजिकरण र बालबालिकालाई ईट्टा उद्योगमा कामको सट्टामा बिद्यालय शिक्षाको बिषयमा पैरवी र सहयोग गर्दै आएको छ ।
जनचेतना ¥यालीमा बालबालिकालाई विद्यालय पठाऔँ, चर्पिमा मात्र दिसा पिसाव गरौँ, साबुन पानीले हात धोऔँ ,श्रमिक र श्रमको सम्मान गरौँ १४ वर्ष भन्दा कम उमेरका बावलवालिकालाई काममा नलगाऔ भन्ने नारा लेखिएका पम्प्लेट प्रदर्शनी गरिएको थियो । यालीमा उद्योगका मजदुर, उद्योगी, कामदार समिती, गुनासो सुनुवाई समितीका व्यक्तिहरु सहभागी थिए । ग्लोबल फेयरनेसको सहयोगमा बेटर ब्रिक परियोजना अन्तर्गत रयालीको आयोजना गरिएको परियोजनाका संयोजक प्रदिप श्रेष्ठले बताए ।बुधबार तिनवटै उद्योग आसपासमा भएको रयालीमा ४ सय ५० जना भन्दा बढिको सहभागीता रहेको प्रयास नेपाल धादिङका सामाजिक परिचालक कवि थापामगरले जानकारी दिनु भयो ।