बर्डफ्लुले नेपालमा पहिलोपटक एकजनाको मृत्यु

719 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं – बर्ड फ्लु रोकथामका लागि निकै सावधानी अपनाउनु पर्ने भएपनि जनचेतनाको अभाव र ख्याल ख्यालका कारण यसबाट नोक्सानी हुन थालेको छ । नेपालमा पहिलो बर्डफ्लु भाइरसका कारण एकजनाको मृत्यु भएको  छ। स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी पहिलोपटक ‘इन्फ्लुयन्जा ए एच वान एन वान’ संक्रमणबाट एक युवकको मृत्यु भएको जानकारी दिएको हो।

अघिल्लो महिना चैत १० गते ती युवक ज्वरो र खोकीको बिरामी भएर अस्पतालमा भर्ना भएको र उपचारका क्रममा चैत १५ गते मृत्यु भएको स्वास्थ्य सचिव डा.पुष्पा चौधरीले बताइन्।उनको मृत्युपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा र्याल परीक्षण गर्दा भाइरसको प्रकार यकिन गर्न सम्भव नभएपछि नमुना परीक्षणका लगि विश्व स्वास्थ्य संगठन कोलावरेटिङ सेन्टर फर इन्फ्लुयन्जा जापानमा पाएको नतिजा गत मंगलबार आएको मन्त्रालयले जनाएको छ।त्यसपछि यो विषयमा नियमित निगरानी राखिएको र यसक्रममा कुनै पनि बिरामीको प्रयोगशाला परीक्षणमा उक्त भाइरसको संक्रमण नदेखिएको डा। चौधरीले जानकारी दिइन्।पन्छीमा पटकपटक देखिएको बर्डफ्लु नेपालमा पहिलोपटक मानिसमा देखिएपछि सतर्कता अपनाएको मन्त्रालयले जनाएको छ।सन् १९९६ मा यो भाइरस पत्ता लागेपछि सन् २००३ देखि हालसम्म ८६० मानिसमा यो रोगको संक्रमण भएको पाइएको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ। त्यसमध्ये ४५४ जनाको मृत्यु भइसकेको छ।