पेट्रोल  डिजेल र मटितेलको मूल्य बढ्यो

856 पटक पढिएको

प्रकाशित मिति: २०७६, १९ बैशाख बिहीबार २२:०६

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल  डिजेल र मटितेलको मूल्य बढाएको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ । पेट्रोलमा १ रुपैयाँ ५० पैसा बढाइएको छ भने डिजेल र मटितेलमा १ / १ रुपैयाँ भाउ बढेको छ । शुक्रबार राती १२ बजेबाट बढेको मूलय लागू हुनेछ ।

काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य पेट्रोलमा १११ रुपैयाँ ५० पैसा पुर्‍याइएको छ । डिजेल र मट्टतिेको मूल्य ९८ रुपैयाँ कायम भएको निगमका प्रवक्ता विरेन्द्र गाइतले बताए । पछिल्लो १०/१५ दिनमा अन्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकोले मूल्य बढाउनुपरेको उनको भनाइ छ । अमेरिकी डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमुल्यन भएकाले इण्डियन आयल कर्पोरेशनबाट १ मे २०१९ मा मूल्य बढेर आएको निगमको दावी छ । यो मूल्य वीरगञ्जतर्फको सीमा मूल्यमा पेट्रोलमा १३।६७ प्रति लिटर र डिजेल १५।६४ प्रति लिटरले नेपालतर्फ नै सस्तो रहेको निगम बताउँछ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७६, १९ बैशाख बिहीबार २२:०६ मा प्रकाशित