अब प्राथमिक तहका सबै विद्यार्थीलाई दिवाखाजा

2155 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

काठमाडौं । प्राथमिक तहका बिद्यालयमा बिद्यार्थी टिकाउन सामुदायिक बिद्यालयलाई धौ धौ परिरहेको छ । बिद्यार्थीको अभावमा कतिवटा प्राथमिक तहको पढाई हुने बिद्यालय नजिकैको अर्को बिद्यालयमा गाभिनेक्रम पनि चलिरहेको छ । बिद्यार्थी पाउनै मुस्किल हुन थालेपछि सरकारले देशभरका सामुदायिक विद्यालयको प्राथमिक तहमा भर्ना भएका सबै विद्यार्थीले मावि तह पुरा गर्ने सुनिश्चिता कायम गर्न छात्रबृति दिवा खाजा विद्यार्थी मैत्री पाठ्यक्रम ब्यवस्था गर्ने योजना बनाएको छ । राष्ट्रपति विद्यादेवि भन्डारीले संसदमा प्रस्तुत गर्नु भएको आगामी बर्षको सरकारको नीति तथा कार्यक्रम मार्फत् उक्त योजना सार्वजनिक गरिएको हो ।
नीती तथा कार्यक्रम मार्फत सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई सेनेटरी प्याड निशुल्क उपलब्ध गराउने वताएको छ । प्राविधिक तथा ब्यवसायिक शिक्षाको विस्तार समृद्ध नेपाल निर्माणको आधार कार्यक्रम अन्र्तगत सबै स्थानीय तहमा २ बर्ष भित्र प्राविधिक विद्यालय सञ्चालन गर्ने योजना ल्याएको छ । यस्तै देशभरका सबै सामुदायिक माविमा प्रयोगशाला स्थापना गर्ने सरकारको योजना रहेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
मदन भण्डारी प्रादेशिक विश्वविद्यालयको पूर्व घोषित कार्यक्रमलाई निरन्तरता दिने, प्राविधिक सीपमूलक शिक्षाबाट जनशक्ति तयार गर्ने योजना अगाडि बढाइएको छ । साथै, पानी जहाज रेल यातायात जस्ता क्षेत्रमा आवश्यक दक्ष जनशक्ति विकास गर्न स्वदेश तथा विदेशमा अध्ययन गराउँने सरकारको योजना छ ।प्राविधिक शिक्षामा नेपालको मौलिक कला संस्कृती र ज्ञानको विकास र प्रवर्धन गर्न जनशक्ति तयार गर्ने, असल सृजनशील जनशक्तिका लागि विज्ञान प्रविधि र अनुसन्धानमा लगानी बृद्धि गर्ने सरकारको योजना रहेको पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
२०७६ देखि २०८५ सम्मलाई सार्वजनिक विद्यालय सवलिकरण दशकका रुपमा कार्यान्वयन गरी शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिने कार्यक्रम ल्याइएको छ । विद्यार्थीलाई सार्वजनिक तथा निजी संस्था एवं प्रतिष्ठानहरुको कार्यस्थलमा इनटर्न गराईने, अघिल्लो शैक्षिक बषएमा शुरु विद्यार्थी भर्ना अभियानलाई निरन्तरता दिई २ बर्ष भित्र विद्यालय जाने सबैलाई विद्यालय भर्ना गर्ने सरकारको योजना छ ।विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गर्ने सुनिश्चिचतााका लागि सामुदायिक विद्यालयका शिक्षकलाई नियमित तालिम प्रदान गर्नुका साथै शैक्षिक सामग्रीको उत्पादन र वितरणमा जोड दिईने सरकारको योजना छ । आगामी दुई बर्ष भित्र साक्षर नेपाल घोषणा गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । शिक्षा विज्ञान तथा प्रविधिको क्षेत्रमा विश्वस्तरको अध्ययन र अनुसन्धान गर्ने विशिष्टिकृत विश्वविद्यालयका रुपमा आगामी २ बर्ष भित्र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालनमा ल्याईने सरकारको योजना छ ।

‘चिनौं आफ्नो माटो, बनाउँ आफ्नै देश’ अभियान सञ्चालन गरी स्नातक युवाहरुलाई फेलोसिपसहित मुलुक भर परिचालन गर्ने सरकारले योजना सार्वजनिक गरेको छ । भण्डारीले उद्यमशीलता मर्यादा र अनुशासनमा आधारित सामाजिक सांस्कृतिक मूल्यहरुको प्रवद्र्धनमा योगदान गर्ने शैक्षिक प्रणाली विकास गरिने राष्ट्रपतिले प्रस्तुत गर्नु भएको छ ।साथै, युवाहरुको क्षमता पहिचान गर्ने कार्यक्रम सञ्चालन गर्ने र विज्ञानका क्षेत्रमा नेपालीको आविष्कार प्रचार गर्न युवा बैज्ञानिक सम्मेलन गर्ने पनि योजना सरकारले बनाएको छ । चालु बर्षमा विद्यालय बाहिर रहेका बालबालिका मध्ये ८१ प्रतिशत बालबालिकालाई विद्यालय भर्ना गरिएको बताउँदै देशभरका ४ सय ५७ स्थानीय तहमा कम्तिमा एक प्राविधिक विद्यालय स्थापना भएको उल्लेख गरिएको छ ।