सामाजिक सन्जालमा कस्ले भाइरल बनाईरहेको छ यो भिडियो ?

2458 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- पूर्ण सरसफाई तथा खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको धादिङ जिल्लामा सार्वजनिक स्थानमा फोहोर नफाल्न अनुरोध गर्ने सामाजिक अभियन्ता माथि दुव्र्यवहार भएको भएको भन्दै सामाजिक सन्जालमा एउटा भिडियो अहिले निकै भाईरल हुन पुगेको छ । आँफुलाई सरसफाई अभियन्ताको भन्दै नायिका आशिका तामाङले बसबाट सडकमा फोहोर मिल्काउने एक किशोरी माथि फोहोर किन फालेको भन्दै शुरु गरेको सम्वादबाट शुरु भएको विवाद मान्छेहरुको संख्या बढ्दै गएपछि गालीमा वदलिएपछि यो बिषयले अहिले सामाजिक सन्जालमा निकै स्थान पाएको छ । भिडियोलाई सामाजिक सन्जालमा यति धेरैले हेरेका छन्, भिडियो हेरेपछि सकारात्मक तथा नकारात्मक दु्वैखाले प्रतिकृया पनि आईरहेका छन् ।आशिका तामाङले आफ्नो फेसबुक पेजमा अपलोड गरेको भिडियो यो समाचार पोष्ट गर्दा सम्म ४ लाखले हेरिसकेका छन ।

बसबाट फ्याँकिने फोहोरका कारण सडक र सडक आसपासका क्षेत्रमा बढ्दै गएको समस्या न्युनिकरणका लागि सामाजिक जागरण फैलाउन विभिन्न तहबाट छलफल भईरहेको बेला नायिका आशिका तामाङले शुरु गरेको अभियान सकारात्मक भएपनि उनको प्रस्तुती भने निकै खरो देखिएको छ । बसवाट सडकमा फालेको फोहोरबाट शुरु भएको विवाद भिडियो किन खिचेको भन्नेमा पुगेपछि दुवै पक्ष आक्रामक हुन पुगेका छन । पृथ्वी राजमार्ग अन्तर्गत मलेखुबाट केही दूरीमा जाममा रोकिएको अवस्थामा रहेको धादिङबाट चल्ने बसको झ्यालबाट फोहोर फाल्ने एकजना युवतीलाई फोहोर टिप्न आग्रह गरेपछि स्थिति केहिबेर तनावग्रस्त भएको छ ।

२०७५ माघ २४ गते धादिङ जिल्लालाई पूर्ण सरसफाई तथा खुल्ला दिशामुक्त घोषणा गर्दा जिल्लाका यातायात व्यवसायीका प्रतिनिधिहरुलाई सार्वजनिक कार्यक्रममा सम्मान गर्दै जिल्लाबाट चल्ने हरेक यात्रुवाहक बसमा डस्टविन राख्ने प्रतिवद्धता गरिएको थियो । सार्वजनिक कार्यक्रममा गरिएको प्रतिवद्धता पुरा गर्नुको साटो वसमा चढेका यात्रुले सडकमा फोहोर फाल्दा त्यस्को व्यवस्थापन गर्ने उपाय खोज्नु भन्दा सरसफाईका लागि आवाज उठाउने माथि हातपात र दुव्र्यवहारको कोशिस गरेर धादिङका यातायात व्यवसायी र चालक सह चालकले गलत सन्देश प्रवाह गरेका छन ।

सुरूमा अन्यत्र फोहोर फाल्ने ठाउँ नभएको, लोकल गाडीमा डस्टबिन नभएको बताएकी युवती र आशिकाबीच भिडियो खिचेको विषयलाई लिएर विवाद भएको थियो । भिडियो खिच्न बन्द गरे आफुले फोहोर टिप्ने युवतीले बताउंदै गर्दा केही असमझदारी भएको दोहोरो संवादमा देख्न सकिन्छ ।

त्यसैबेला एकजना अधबैंसे पुरूषले पटकपटक अपशब्द प्रयोग गर्दै वादविवाद बढेपछि आशिकाले आफू प्रहरी समक्ष उजुरी लिएर जानसक्ने बताएपछि ती पुरूषले कसले के गर्न सक्छ भनेर सडकमै थुक्दै आशिकालाई अपशव्द मात्रै वोलेनन आंफुलाई कारवाही गरेर देखाउन चुनौती दिएका छन ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच भएको ११ बुंदे सहमतिपत्र अनुसार सुरूमा चालक तथा सहचालकले यात्रुलाई जथाभावी फोहोर नफाल्न अनुरोध गर्ने, गाडीमा स्टिकर टांस्ने जस्ता अभियान चलाउने र अटेर गरे फोहोरमैला व्यवस्थापन एन २०६८ बमोजिम जरिवाना सहित कारवाही गर्ने सहमति भएको थियो । सो सहमति २०७३ पौष १ गते देखि लागू भएको । ऐन बमोजिम सार्वजनिक स्थानमा फोहोर फाल्ने मानिसलाई रू ५ सय देखि रू ५ हजारसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच भएको ११ बुंदे सहमतिपत्र अनुसार सुरूमा चालक तथा सहचालकले यात्रुलाई जथाभावी फोहोर नफाल्न अनुरोध गर्ने, गाडीमा स्टिकर टांस्ने जस्ता अभियान चलाउने र अटेर गरे फोहोरमैला व्यवस्थापन एन २०६८ बमोजिम जरिवाना सहित कारवाही गर्ने सहमति भएको थियो । सो सहमति २०७३ पौष १ गते देखि लागू भएको । ऐन बमोजिम सार्वजनिक स्थानमा फोहोर फाल्ने मानिसलाई रू ५ सय देखि रू ५ हजारसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।आशिका तामाङको फेसबु्क वालबाट यो भिडियो सार्वजनिक भएपछि धेरैले कडा प्रतिकृयाहरु दिएका छन । तामाङले राम्रो काम गर्दा गर्दै पनि फोहोर मैलामा रमाउन चाहने मान्छेहरुले उनि माथि अपमानजनक व्यवहार गरेको सामाजिक सन्जाल प्रयोगकर्ताहरुले आक्रोश पोखेका छन् ।

हेर्नुहोस् आशिका तामाङले आफ्नो फेसबुकवालमा राखेको भिडियो: