धमाधम फरार अभियुक्त पक्राउ गर्दै धादिङ प्रहरी
1719 पटक पढिएको

धादिङ – जिल्ला प्रहरी कार्यालय धादिङले विभिन्न अभियोगमा अदालतबाट फैसला भएर तोकिए वमोजिमको दण्ड सजायँ भुक्तान नगरि फरार रहेका व्यक्तिहरुको खोजी गरि उनिहरुलाई अदालतमा पेश गर्ने अभियानलाई तिव्र पारेको छ । यसै बिच धादिङ प्रहरीले तीन दिनमा तीन जनालाई पक्राउ गरि तोकिए वमोजिमको दण्ड जरिवाना भुक्तानीका लागि अदालतमा बुझाएको छ ।
यसैक्रममा सवारी ज्यान तथा अंगभंग मुद्दामा सजाय तोकिए पनि फरार रहँदै आएका धादिङको साविक कुम्पुर गा.वि.स.वडा नं.७ हालको सिद्धलेक गाउँपालिका वडा नं ७ का ३० वर्षीय शिव श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठ बैशाख २६ गते पक्राउ परेका हुन । उनलाई सवारी ज्यान तथा अंगभंग मुद्दामा धादिङ जिल्ला अदालतको मिति २०७३ असार ०७ गते तथा उच्च अदालत पाटनको मिति २०७४ असार ११ गतेको फैसलाले ९ महिना कैद र दुई हजार जरिवाना तोकिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । बैशाख २६ गते पक्राउ परेका श्रेष्ठलाई सोही दिन धादिङ जिल्ला अदालतमा उपस्थित गराएकोमा कैद भुक्तानको लागी मिति २७ गते कारागार कार्यालय धादिङमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङ प्रबक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले जानकारी दिनु भयो ।
त्यसै गरी सार्वजनिक अपराध मुद्दामा धादिङ जिल्ला अदालतको फैसला अनुसार दुई हजार जरिवाना तोकिएका धादिङ जिल्ला साविक नौविसे गाविसवडा नंम्बर ९ हाल धुनिवेशी नगरपालिका वडा नम्बर ९ बस्ने वर्ष ३४ को पुरुषोत्तम बानियालाई २०७६ बैशाख २५ गते गते प्रहरीद्वारा पक्राउ गरी धादिङ जिल्ला अदालतमा पेश गरेकोमा तोकिएको जरिवाना रकम भुक्तान गरे पश्चात बानियाँ छुटि गएको प्रहरीले जनाएको छ ।
यसै गरी जालसाजि मुद्दामा धादिङ जिल्ला अदालतको फैसला अनुसार चार हजार छ सय सन्ताउन्न रुपैया पचास पैसा जरिवाना तोकिएको धादिङ जिल्ला साविक दार्खा गा.वि.स.वडा नंम्बर ९ हाल खनियावास गाउँपालिका वडा नम्बर ४ बस्ने ३९ बर्ष की कुमारी गुरुङलाई २०७६।०१।२३ गते प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पेश गरेकोमा तोकिएको जरिवाना रकम भुक्तान गरेर गुरुङ छुटेको प्रहरी नायव उपरिक्षक बिष्टले वताउनु भयो ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७६, २८ बैशाख शनिबार ०७:२४ मा प्रकाशित