वेनिघाटका रामवहादुरलाई ६ महिना जेल र पाँच हजार जरिवाना

942 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङको वेनिघाट रोराङ गाउपालिका वडा नम्बर २ का धामीकान्छा भनिने रामबहादुरलाई जिल्ला अदालत धादिङले ६ महिना जेल र पाँच हजार जरिवानाको सुनाएको छ ।

बेनिघाट रोराङ गाउँपालिका–२ की ५५ वर्षीया प्रेमकुमारी लोहनीलाई बोक्सी आरोप लगाएकोको कसुरमा धादिङ जिल्ला अदालतले ०७६ बैशाख ३१ गते आरोपीलाई थुनामा राखेर पीडितलाई क्षतिपूर्ति दिन आदेश दिएको हो ।
जिल्ला न्यायधिस प्रकाश ढुङ्गानाको इजलासले बोक्सी आरोप लगाउने ४५ बर्षिय मगरले बोक्सी आरोप (कसुर सजायाँ ) ऐनको ३ (१) (क) अनुसार कसुर गरेकोले सोही ऐनको ११ (१)  (क) बमोजिम धामीकान्छा भन्ने रामबहादुर मगरलाई ६ महिना कैद र ५ हजार जरिवाना र सोही ऐनको १२ (१) बमोजिम पीडितलाई २० हजार रुपैयाँ क्षतिपूर्ति दिन आदेश गरेको धादिङ जिल्ला अदालतका निमित्त श्रेस्तेदार गोबिन्द तिवारीले बताउनुभयो ।  मगरले ०७५ भदौ ९ गते प्रेमकुमारीलाई बोक्सी आरोप लगाएपछि पीडितको छोरी मेनका लोहनीको जाहेरीपछि भदौ २० गते जिल्ला अदालत धादिङमा मुद्दा दर्ता गरिएको थियो ।