आदमघाट नजिकैबाट बस त्रिशूली नदीमा खस्यो (UP DATE)
588 पटक पढिएको

धादिङ, ५ जेठ – धादिङको गजुरी गाउँपालिकाको वन्छेटार नजिकै पृथ्वीराजमार्गमा बाट बस त्रिशूली नदीमा खसेको छ ।
काँकडभिट्टाबाट काठमाण्डौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको बस आईतबार विहान गजुरी गाउँपालिकाको बन्छेटारको उकालो स्थित पृथ्वीराजमार्गबाट त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ । बस नदीमा खसेको खबर आएलगत्तै आदमघाटमा रहेको शशस्त्र प्रहरी बलका साथै नेपाल प्रहरी, नेपाली सेना, राजमार्ग उद्धारकर्मी, स्थानीयवासी घाईतेहरुको उद्धारमा जुटेका छन् ।सो दुर्घटनामा परि मृत्यु भएका मध्ये कन्याम इलामका बिशाल गिरी, चन्द्रागिरी नगरपालिका काठमाण्डौका सीता थपलिया र थानकोट काठमाण्डौंका राजकुमार सुवेदीको सनाखत भएको छ ।
बस भिरबाट त्रिशुलीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले पुष्टि गरेपनि क्षतीको सम्पूर्ण बिबरण आईनसकेको र अहिले उद्धारकार्य जारी रहेको जानकारी दिएको छ । बसमा ३० जना सवार रहेको र अहिले सम्म ४ जनाको मृत्यु भएको र विस्तृत विवरण भने आइनसकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
५ जेष्ठ २०७६, आईतवार ०८:३९ मा प्रकाशित