नेकपा जिल्ला कमिटी धादिङ आज घोषणा हुंदै (को को परे नामावली सहित )

3759 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- पार्टी एकता भएको एक वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को धादिङ जिल्ला कमिटी एकताको घोषणा तथा शपथ ग्रहण आज हुँदैछ । जिल्ला कमिटीमा रहने व्यक्तिहरुको नाम टुङ्गो लागे पनि औपचारिक रूपमा नाम सार्वजनिक गरिएको थिएन । मंगलबार दिउँसो नेकपाको जिल्ला कार्यालय धादिङबेसीमा औपचारिक कार्यक्रमका बिच जिल्ला कमिटिका सदस्यहरुको नाम सार्वजनिक तथा शपथ ग्रहण गराईँदैछ ।

दुई ठूला कम्युनिस्ट पार्टी साविकको नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर वनेको नेकपाको जिल्ला कमिटीमा को को परेका छन भन्ने अहिले सबैको चासोमा परेको छ ।धादिङ न्यूज डट कमले प्राप्त गरेको बिबरण अनुसार नेकपा धादिङ जिल्ला कमिटी एक सय ४५ सदस्यिय रहेको छ । जिल्ला कमिटिमा साविकको नेकपा एमालेका ८० जना र माओवादी केन्द्रबाट र ६५ जना परेका छन । नेकपाका एक जिल्ला सदस्यका अनुसार नयाँ अनुहार केहीले जिल्ला कमिटीमा प्राथमिकता पाएका छन ।

मूल पार्टी एकता भए पनि जिल्ला कमिटी भातृ संगठन र स्थानीय तहका कमिटिको हरुकोएकता हुन सकेको थिएन। जिल्ला र स्थानीय तहमा पार्टी संगठन सक्रिय नहुंदा राजनैतिक गतिविधि समेत निश्क्रिय हुंदै गएका छन ।

जिल्ला कमिटीमा रहने नामावली टुङ्गो लगाउने विषयमा एक बर्ष अघि देखि दुई पार्टीका जिल्ला तहका नेताहरुका बिच पटक पटक छलफल भएपनि टुङ्गो भने लाग्न सकेको थिएन । जिल्ला कमिटी वनेको बिषयमा पार्टी भित्रै भने तिव्र असन्तुष्ठि पनि देखिएको छ । पर्नै पर्ने नाम हटाएर नयाँ मान्छेलाई जिल्ला कमिटीका ल्याएको एकाथरीको आरोप छ ।