धादिङका ३ सय महिला जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम

1718 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, – स्थानीय तहका जनप्रतिनिधि महिला तथा कर्मचारीको क्षमता विकास गरि उनिहरुलाई सफल बनाउन सहयोग पु¥याउने उद्धेश्यले क्षमता विकास तालिम दिर्ईएको छ ।

३ नम्बर प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना र सहयात्री समाजकाे सहकार्यमा संचालित धादिङका १३ वटै स्थानीय तहका महिला जनप्रतिनिधिहरुलाई आगामी वर्षदेखि महिला अधिकार र विकासका लागि योजना निर्माण र कार्यान्वयनमा लग्न सक्रिय गराइ महिलाहरुको अगुवाइमा विकासका काम गरि पछाडी पारिएका समुदायको विकासका लागि तालिम दिइएको हो । धादिङबेसीमा एकै पटक संचालित ५ दिने क्षमता अभिवृद्धि तालिम पछि सहभागी उत्साही भएको र महिला अधिकारका अझै शशक्त भएर लागि पर्ने बताएका छन् ।

११ गाउँपालिका र २ नगरपालिकाका ३ सय महिला जनप्रतिनिधि र महिला कर्मचारीले एक साथ धादिङबेसीमा तालिम लिएपछि महिला नेताहरुले लैंगिक मैत्री बजेट, विकास र विकास योजना निर्माण तथा महिलामाथी हुने सबैकिसिमका भेदभाव र अपराध विरुद्ध टोलतहबाट नै योजना निर्माण गरि लागु गर्न सक्षम भएको सामाजिक विकास मन्त्रालयका स्किम श्रेठले बताउनुभयो ।

विकासका सामाजिक अन्तरसम्बन्धी मुद्दाहरु र स्थानिय तहको भुमिका, सामाजिक परिचालनको महत्व तथा यसको अभ्यास, वपदमा महिला तथा बालबालिका संरक्षणका सवालहरु साथै संरक्षण विषयगत क्षेत्रका कार्यहरु र स्थानिय तहको भुमिका, नेत्तृत्व विकास, लैंगिक विभेद, लैंगिक उत्तरदायि बजेट, लैंगिक परिक्षण, मानव वेचविखन तथा यस सम्बन्धि व्यवस्था, मुलुकी देवानी (संहिता)  ऐन २०७४ मा महिला तथा बालबालिका सम्बन्धि व्यवस्था, घरेलु हिंसा सम्बन्धी कानुनी व्यवस्था, समुदायमा आधारित संरक्षण प्रणाली तथा बाल संरक्षमा स्थानिय तहको भुमिका, पितृसत्ताले महिलाको समग्र विकासमा पारेको असर लगायतको १५ विषयमा सहभागिहरुलाई तालिम दिइएको थियो ।