जनप्रतिनिधि स्वास्थ्यकर्मी र शिक्षकलाई मनोविमर्श तालिम

1285 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नेत्रावती- जनप्रतिनिधि स्वास्थ्यकर्मी तथा शिक्षकहरुलाई मनोसामाजिक मनोविमर्श सम्वन्धि आधारभूत जानकारी दिने उद्धेश्यले धादिङको नेत्रावती गाउँपालिकाको सेमजोङमा मनोविमर्श सम्वन्धि ३ दिने तालिम सम्पन्न भएको छ । समुदायमा मनोसामाजिक समस्यामा रहेका व्यक्तिहरुको पहिचान गरी उनिहरुको उचित उपचार तथा व्यवस्थापनका लागि सहयोग पु¥याउन उक्त तालिम दिईएको हो ।
मनोसामाजिक समस्यामा परेको व्यक्तिहरुलाई समयमै मनोविमर्श सेवा दिई उनिहरुको अवस्थामा सुधार ल्याउन सघाउ पु¥याउने उद्धेश्यले नेत्रावती गाउँपालिकाको आयोजना र उत्थान नेपालको प्राविधिक सहयोगमा उक्त तालिम सम्पन्न भएको हो ।
जेठ १५ गते बुधबार देखि १७ गते शुक्रवार सम्म तीन दिन सञ्चालन भएको तालिममा मानसिक रोगको प्रकार, तनाव व्यावस्थापन,सञ्चारका सिप र उपचारका विधिहरुको विषयमा मनोविद दिपा गुरुङले प्रशिक्षण दिनुभएको थियो । तालिममा २५ जनाको सहभागिता रहेको थियो । प्रशिक्षक गुरुङले मनोसामाजिक मनोविमर्श भनेको के हो ? पक्षकारसँग कसरी सम्बन्ध विस्तार गर्ने ? सही सुचना संकलन तथा विश्लेषण गर्ने तरिका, कानुुनी प्रक्रियाहरु, पक्षकारहरुसँग प्रश्न कसरी सोध्ने, पक्षकारको मुख्य समस्याहरु के हुन, पक्षकारलाई कसरी अनुभुती दिने विधि, मनको भित्री कुुरा बुझने विधि आदि विषयमा सहभागीहरु जानकारी गराउनु भएको थियो ।
तालिममा उत्थान नेपालका कार्यकारी निर्देशक प्रद्युम्न मुडभरी(बिजय)ले तालिमको उद्धेश्य र उत्थान नेपालले धादिङमा सन्चालन गरीरहेको गतिविधिहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
समाजमा मानसिक स्वास्थ्यका समस्याका कारण आत्महत्या, महिला हिंसा, पारिवारिक विखण्डनका घटनाहरु बढ्दै गएकाले ती घटनाहरुलाई न्यूनीकरण गर्नका लागि समुदाय तहमा मनोसामाजिक विमर्शकर्ता तयार पार्ने लक्ष्यका साथ उत्थान नेपालले धादिङ जिल्लाको १३ वटै स्थानीय तहमा यस्ता कार्यक्रम सञ्चालनको तयारी गरिरहेको उत्थान नेपालका संस्थाका सचिव सविता अर्यालले जानकारी दिनु भयो ।
तालिमले राखेको उद्धेश्य पुरा गर्न गाउँपालिकाले नितिगत रुपमै सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष दुर्गकुमार शाक्यले वताउनुभयो ।