आँखु नदीमा डुबेर एक युवती वेपत्ता

2173 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२९ जेठ – धादिङको आँखु नदी किनारमा लुगा धुँदै गर्दा एक्कासी बाढी आएर बगाउँदा१९ वर्षिया विपना भुसाल बेपत्ता भएकी छिन ।
दाङ जिल्ला घर भएकी भुसाल विनायक कलेज काठमाडौंमा एचए अध्ययनरत थिइन । उनी प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटारमा प्राक्टिकलको लागि आएकी हुन । बुधवार दिउँसो धादिङको नीलकण्ठ नगरपालिका–१० टारीबेसी स्थित आंखु नदीको तीरमा लुगा धोइरहेको बेला एक्कासी बाढी आउँदा भुसाललाई बगाएको स्थानीयले वताए । सल्यानटारमा पानीको निकै दुःख भएको कारण उनि लुगा धुन नदीमा आएकी थिइन ।

बाढीले वगाएर भुसाल बेपत्ता भएपछि उनको खोजीका लागि सल्यानटार प्रहरी चौकीबाट खटिएको प्रहरी टोली, सल्यानटार प्राथमिक स्वास्थ्य केन्दका स्वास्थ्यकर्मी एवम कर्मचारीहरु, स्थानीयबासीले खोजीलाई तिव्र पारेको भएपनि नभेटिएको प्रहरीले जनाएको छ ।