पास्नी भोज खाँदा विरामी परेका १६ जनाको उपचार हुँदै

1727 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ३१ जेठ – पास्नी भोज खाँदा विरामी परेर जिल्ला अस्पताल भर्ना गरिएका २० जना मध्ये ८ जनाको जिल्ला अस्पताल धादिङका उपचार भईरहेको छ । ८ जना थप उपचारका लागि काठमाण्डौ गएका छन भने ३ जना उपचार पछि घर फर्किएका छन ।


धादिङको नीलकण्ठ नगरपालिका– वडा नम्बर ११ सिम्लेमा बुधबार रेशम आले मगरको छोराको पास्नी खाएर फर्किएका स्थानीयहरु बिरामी परेका थिए । साबिकको ज्यामरुङ गाविसका अध्यक्ष डम्बर बहादुर अधिकारीका अनुसार बिरामी हुनेमा संजिता आले, सरस्वती आले, पूजा तिमिल्सिना, देव कुमारी आले, मनिता आले,कमला मुर्छान, सुनिता आले , रबिना धमला, अर्जुन तिमिल्सिना, महेश आले , जानाबू परियार, रेशम आले, अनुजा तिमिल्सना, मनिष आले, माहिली राना र अनुषा तिमिल्सिना लगायत रहेका छन् ।


बुधबार भोज खाएर फर्किएपछि पखाला लाग्ने, रिङ्गटा लाग्ने, व्लड प्रेसर कम हुने जस्ता लक्षण देखिएको थियो । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार भएपछि थप उपचारको लागि बिहिबार साँझ धादिङ अस्पतालमा भर्ना गरिएको हो । अस्पतालले फुड प्वाइजन भएको हुन सक्ने आशंका गरेको छ । एकै पटक धेरै जनालाई एकै प्रकारको समस्या हुनु र सबैले एउटै खानेकुरा खाएको हुंदा उनिहरुलाई फुड प्वाईजन भएको हुन सक्ने अनुमान गरिएको छ । जिल्लामा खाद्य परिक्षण गर्ने कुनै प्रयोगशाला नभएकाले यहि भएको हो भनेर भन्न नसकिने अवस्था नरहेको जिल्ला अस्पतालका सूचना अधिकारी कृष्णलाल उप्रेतीले जानकारी दिनुभयो ।