सिद्धलेक ६ र ७ मा १८४ वटा बाख्रा र १६ वटा बोका बितरण

1660 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको सिद्धलेक गाउँपालिकालाई कृषि र पशुपालनको पकेट क्षेत्र वनाउने अभियान शुरु भएको छ । यसै अभियान अन्र्तगत गाउँपालिकाको वडा नम्बर ६ को खरमटार र हटिया तथा वडा नं ७ को अमिलिछाप र पिपलटारमा किसान समूहका बिच बाख्रा उपहार प्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपाल धादिङ हेफर ईन्टरनेशनल नेपाल र सिद्धलेक गाउँपालिकाको साझेदारीमा संचालित सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्तरगत शनिबार एक कार्यक्रमका बिच ४ वटा मुल समुहमा १ सय ८४ वटा बाख्रा वितरण गरीएको हो ।

कार्यक्रममा कुन्नेश्वरी,अमिलिछाप,मङकाली जनचेतना स्वाबलम्बी महिला समुहका सदस्यहरुलाई ा२ ÷ २ओटा बाख्रा वितरण गरिएको हो । यसै गरि ४ मुल र १२ वटा उपहार समुहमा १÷१ उन्नत जातको बोका बितरण गरिएको थियो । उपहार हस्तान्तरण कार्यक्रममा सिद्धलेक गाउँपालिकाका वडा नं ६ र ७ वडाध्यक्षद्धय टीका प्रसाद थपलिया र लक्ष्मण प्रसाद खतिवडा,प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, लगायतको विषेश आतिथ्य रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले महिला ससक्तिकरण गर्दै आम्दानी बढाउनको लागी सामाजिक पुँजि वृद्धि र बाख्रापालन कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

आर्थिक स्तर बृद्धि गर्नको लागी कृषि तथा पशुपालन महत्वपुर्ण रहेको भन्दै उहाँले आफुले उपहार पाएको बाख्रालाई बाख्रापालनका १५ तरिकालाई बिशेष ध्यान दिएर पाल्न आम्दानी र खर्चको समेत हिसाबलाई ख्याल गरेर पालन गर्न आग्रह गर्नुभयो ।


यसैगरी बडाध्यक्ष लक्ष्मण खतिवडाले सिद्धलेक गाउँपालिकाका वडाहरुमा कृषि र पशुपालन क्षेत्रको पकेट क्षेत्र बनाउने गाउँपालिकाको सोचमा प्रयास नेपाल धादिङले सहयोग गरेको भन्दै धन्यवाद दिनुभयो । यसैगरी प्रयास नेपालका कार्यक्रम संयोजक ईश्वरी कोईरालाले आफुले पाएको बाख्राको सहि सदुपयोग गर्नको लागी किसानलाई आग्रह गर्नुभएको थियो । कार्यकममा सहभागि किसानहरुले आफुहरुले पाएको उपहारलाई सहि सदुपयोग गर्ने बचनबद्धता गरेका थिए ।

सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्तरगत १२ वटा मुल समूह र ४७ वटा उपहार समूह गठन,सीप तथा क्षमता विकास र व्यवसायिक बाख्रापालन,नश्ल सुधार ,सुधारिएको खोर निर्माण र घाँस खेती बिस्तार जस्ता कार्य हुँदै आएको प्रयास नेपालका कार्यक्रम संयोजक कोईरालाले धादिङ न्यूजलाई जानकारी दिनु भयो ।