लेदो माटो पन्छाएपछि खुल्यो पृथ्वीराजमार्गको गल्छी बैरेनी खण्ड

1652 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ , १४ असार –  सडकमा जमेको लेदो माटो पन्छाएपछि विहान देखिअबरुद्ध हुन पुगेको पृथ्वीराजमार्गको गल्छी बैरेनी खण्डमा सवारी आवागमन खुलेको छ ।


रातभरीको बर्षातका कारण गल्छी गाउँपालिका–६ मा बैरेनी वजारको गर्दोखोला देखि महेशदोभान सम्मको सडक खण्डमा जताततै लेदो माटोले सडक पुरिएपछि आवागमन ठप्प हुन पुगेको थियो । स्थानीय व्यवसायीहरुको अग्रसरतामा सडकमा जमेको लेदो माटो पन्छाएपछि विहान ११ वजे देखि अवरुद्ध सडक खुलेपनि सवारी चापका कारण आवागम सहज भने हुन सकेको छैन ।

राजमार्ग भन्दा माथि तिरको बस्तीमा बाताबरणीय प्रभाव मुल्याङक्न बिनानै जथाभावी खनिएका ग्रामीण सडक पानी पर्नासाथ बग्दै राजमार्गमा आईपुग्ने गर्दछ । सडक भन्दामाथि तिर खोलिएका बालुवा उत्खनन केन्द्रका कारण पनि त्यहाँबाट बाढीले लेदो बगाउँदै राजमार्गमा ल्याउने गर्दा मुख्य राजमार्ग अबरुद्ध हुने गर्दछ ।


रातिदेखि पानी बिहानसम्म अविरल परेको बर्षाका कारण लेदो माटो बग्दै सडक सम्म आईपुग्दा बिहानै देखी सडक अवरुद्ध भएको थियो । लेदो माटो सहितको बाढीले सवारी आवागमनमा अवरोध पु¥याएपछि स्थानीय बालुवा व्यवसायीहरुले आफ्नै खर्चमा मेशिन लगाएर सडकको अवरोध पन्छाईदिएका कारण बन्द रहेको सडक छिटो खुल्न सम्भव भएको स्थानीय रामशरण अधिकारीले वताए ।
सडकको लेदो माटो पन्छाएपछि अवरुद्ध सडक खुलेपनि राजमार्गमा सवारी साधनको चाप भने निकै भएकाले आवागमन अझै सम्म सहज हुन नसकेको प्रहरीले जनाएको छ ।

  • तस्बिर / विपिन मल्ल ठकुरीबाट