ज्वालामुखीको काउलेडाँडामा ट्रक पल्टिंदा एकजनाको मृत्यु, तीन जना घाईते

929 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ १९ असार – धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ६ काउँलेडाडा स्थित ग्रामीण सडकमा बिहीबार दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा परि तीन जना घाईते भएका छन ।

दुर्घटनामा परि मृत्यु हुनेमा ज्वालामुखी गाउँ पालिका वडा नंम्बर ६ का ३६बर्षिय कृष्ण बहादुर रम्तेल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सदरमुकाम धादिङबेसीबाट सिमेन्ट लगायतका सामान लिएर ज्वालामुखीको काउँलेडाँडातर्फ जाँदै गरेको बा २ ख ९७५० नम्बरको ट्रक सुनखानी मावि नजिकै उकालो चढ्ने बेलामा एक्कासी अनियन्त्रित भई सडकमै पल्टिंदा एक जनाको घटनास्थलमानै ज्यान गएको हो । जिल्लाको अधिकांश ग्रामीण सडक हुंदै यात्रुवाहक सवारी साधन कम मात्रामा चल्ने हुंदा सर्वसाधरणले यात्राका लागि मालवाहक ट्रकमा यात्रु गर्नु पर्ने वाध्यता रहेको छ ।

दुर्घटनामा परी घाइते हुनेहरुमा ज्वालामुखी ६ का वर्ष २२ की विनु सुनार, उनकी छोरी वर्ष २ की कपिज सुनार र चालक वर्ष २५ का दिवाकर ढकाल रहेका छन् । घाइतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।